काठमाडौँ : फाल्गुन महिनाको शुक्ल पक्षको एकादशी तिथिलाई आमलकी एकादशी भनिन्छ। यस दिन भगवान विष्णु र माता लक्ष्मीसँगै अमलाको बोटको पनि पूजा गरिन्छ। आमलकी एकादशीको दिन ब्रह्माजीको आँसु श्रीहरिको चरणमा खसेर अमलाको बोटमा परिणत भएको जनविश्वास छ। त्यसैले पनि आज अमलाको वृक्षलाई भगवान् विष्णुको रुप सम्झेर पूजा गरिन्छ।
ज्योतिष शास्त्रका अनुसार आमलकी एकादशीमा सर्वार्थ सिद्धि योग बनेको छ, जसलाई अत्यन्तै शुभ मानिन्छ। यो योगमा गरिएको पूजा-पाठले विशेष फल दिन्छ। यसका साथै यो योगमा गरिएका उपायहरुले पनि शीघ्र फल दिन्छ।
आमलकी एकादशीको दिन भगवान विष्णुलाई अमला चढाउनुहोस् र आफू पनि सेवन गर्नुहोस्। यसबाहेक आमलकी एकादशीको दिन गरिएको केही उपायले धेरै समस्याबाट छुटकारा मिल्छ।
मनोकामना पूर्तिको उपाय : आमलकी एकादशीको दिन भगवान विष्णुको पूजा गरी आफ्नो इच्छा एक कागजमा लेख्नुहोस्। त्यसपछि त्यो कागजलाई भगवानको चरणमा राख्नुहोस्। छिट्टै मनोकामना पूरा हुनेछ।
उन्नति पाउने उपाय : यदि तपाई आफ्नो व्यापारमा उन्नति चाहनुहुन्छ भने आमलकी एकादशीको दिन कुनै मन्दिर, पार्क या सडकको किनारामा अमलाको वृक्ष रोप्नुहोस् र त्यसको हेरचाह गर्नुहोस्। यसबाहेक अमलाको वृक्षमा दिनहुँ जल चढाउँदा र दिपक बाल्दा कारोबारमा वृद्दि हुन्छ।
समस्या हटाउने उपाय : जीवनमा थुप्रै कठिनाईहरु आएका छन् भने आमलकी एकादशीको दिन अमलाको वृक्षमा जल चढाउनुहोस्, दियो बाल्नुहोस् र वृक्षको माटो आफ्नो शीरमा लगाई भगवानसँग प्रार्थना गर्नुहोस्। यसले छिट्टै राहत दिनेछ।
दाम्पत्य जीवनमा खुशीयाली ल्याउने उपाय : पति-पत्नीबीच मनमुटाव हटाउनको लागि र दाम्पत्य जीवनमा खुशीयाली ल्याउनको लागि आमलकी एकादशीको दिन अमलाको वृक्षको पूजा गर्नुहोस्।