अभिनेत्री प्रियंकाले ‘मैले चाहेको मान्छे’ भन्दै विगतलाई सम्झेर सार्वजनिक गरिन् यस्ता तस्बिर !

आफ्नो जीवन र प्रेमीले जीवनमा दिएको साथ सहयोगलाई सम्झिँदै अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् यस्ता तस्बिर ।

अभिनेत्री प्रियंका कार्की समय-समयमा चर्चामा आइरहन्छिन् । अहिले आफ्ना तस्बिर तथा भिडियो र कहिले छोरीको विभिन्न तस्बिर तथा भिडियो सार्वजनिक गरेर चर्चामा आउने गरेकी छिन् । त्यस्तैमा अहिले अभिनेत्री प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन अहिले निकै भाइरल भएको छ ।

अहिले अभिनेत्रीले उनको श्रीमान आयुष्मान देशराज जोशीको साथमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिर अहिलेको भने हैन । अभिनेत्रीले तस्बिर सार्वजनिक गर्दै लेखेकी छिन् । ‘म तिमीलाई सम्मान गर्छु किनभने तिमीले मलाई पहिलो सम्मान गर्यौ । तिमीले मेरो टुटेको मुटुमा विश्वास गर्यौ जब मैले गर्न सकेको थिएन । जब म कठिन परिस्थितिमा एक्लै थिएँ, तिमीले मलाई डोऱ्याउ र जीवनको बाटो देखाएउ । र एक दिन तिमी देखिएउ मैले चाहेको मान्छे। मेरो टुटेको मुटु चाहिएको थियो । र त्यसरी नै हाम्रो सदाको लागि सुरु भयो । ११।०३।२०१७ ।’

पछिल्लो समय अभिनेत्री कुनै पनि चलचित्रमा नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । केही दिन पहिले अभिनेत्रीले नयाँ चलचत्रिको छायाँकन सुरु गर्न आफ्नी तौल घटाएको खबर आए पनि अहिले कुनै आधिकारिक खबर एको छैन ।

केही दिन पहिले अभिनेत्री उनको छोरीको पास्नी गरेको केही तस्बिर सार्वजनिक गरेकी थिइन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

प्रकाशित : आइतबार, फागुन २९, २०७८१५:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चलचित्र ‘पुष्पा’ को सोझी श्रीवल्लीको ह-:ट लुक, तस्बिर देखेर फ्यानहरुको उड्यो होस् !