काठमाडौँ : वैदिक ज्योतिषका अनुसार सन् २०२२ को अप्रिलमा बृहस्पति, शनि, राहु र केतुमा सबैभन्दा विशेष परिवर्तनहरू देखिनेछन्। यस परिवर्तनले केही राशिको जातकमा तूफान ल्याउनेछ भने कतिपय मानिसको जीवनमा वसन्तको वहार आउनेछ। मुख्यतया सन् २०२२ को अप्रिलमा हुने यो परिवर्तनले आधा दर्जनभन्दा बढी राशिको जातकमा आमूल बदलाव ल्याउनेछ।
आइतबार १३ मार्च सन् २०२२(फागुन २९, २०७८) देखि करिब आधा दर्जन राशिका जातकलाई अचानक धन लाभ हुन् थाल्छ। यसका साथै अनावश्यक खर्च पनि बढ्नेछ। खर्चको मामिलामा वृष, सिंह, कन्या, तुला, धनु, मीन राशिका जातकहरु विशेष सावधान रहनुपर्ने देखिन्छ।
सन् २०२२ को चौथो महिना अप्रिलको १३ तारिख बुधबार(चैत ३०, २०७८, बुधवार)को दिन देवगुरु बृहस्पति शनिको स्वामित्वमा रहेको मकर राशिबाट बाहिरिएर मीन राशिमा प्रवेश गर्नेछ।
ज्योतिषीहरूका अनुसार देवगुरु सामान्यतया एक राशिमा १३ महिना रहन्छ। मकर राशिमा देवगुरु यानी बृहस्पति नीच र कर्कट राशिमा उच्च हुन्छ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
देवगुरु बृहस्पति अप्रिल सन् २०२२ मा मेष राशिको बाह्रौँ भाव यानी गुरु स्वयमको स्वामित्व रहेको राशि मीनमा गोचर गर्नेछ। यस्तो अवस्थामा तपाईको लागि यो समय राम्रो रहनेछ। गुरुको चालको फलस्वरुप तपाईलाई कुनै खाले पैतृक सम्पत्तिबाट लाभ हुन् सक्छ। परिवारमा सुख र समृद्धिका साथै व्यापारीका लागि लाभको अवसर मिल्नेछ। जागिरमा बढुवाको सम्भावना-बाहेक अविवाहितका लागि विवाहको सम्भावना छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
बृहस्पतिको गोचर तपाईको एघारौँ भाव यानी आय भावमा हुनेछ। यस अवधिमा कार्यस्थलमा सकारात्मक परिणामसँगै जागिरको प्रस्ताव प्राप्त हुन् सक्छ। तपाईको बढुवा हुने प्रबल सम्भावना छ। नयाँ व्यवसाय थालनीको लागि समय अनुकूल रहेको छ। कार्यशैलीमा सुधार हुने कारण कार्यस्थलमा प्रशंसाको पात्र बन्नुहुनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
बृहस्पतिको यो गोचर तपाईको नवौँ यानी भाग्य भावमा हुनेछ। तपाईका लागि यो समयावधि अनुकूल हुनुका साथै तपाईको घरजग्गामा पनि वृद्धि हुनेछ। व्यापार तथा जागिरमा लाभ हुनुका साथै अनावश्यक यात्राबाट टाढा रहनु उचित हुनेछ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
देवगुरु यस अवधिमा तपाईको पाचौँ यानी पुत्र र बुद्धि भावमा हुनेछ। जसकारण आर्थिक स्थिति मजबूत हुनुका साथै तपाईको व्यापारमा विस्तार हुनेछ। नोकरीमा पदोन्नति लगायत करियरमा प्रगति हुनेछ र परिवारमा सुख मिल्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
देवगुरुको गोचर धनु राशिको चौथो यानी माता र सुख भावमा रहनेछ। जसले सुख, सुविधामा वृद्धि गराउनुका साथै व्यापार र नोकरीमा उन्नति गराउनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
देवगुरु बृहस्पतिको गोचर तपाईको दोस्रो भाव यानी धन र वाणीको भावमा हुनेछ। देवगुरु बृहस्पतिको यो गोचरको कारण शुभ लाभ हुनुको साथै नोकरीमा बढुवा र तलब वृद्धिको योग बन्नेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
देवगुरु बृहस्पतिको गोचर मीन राशिमै यानी प्रथम भाव यानी लग्नमा हुनेछ। देवगुरुको यो गोचरले तपाईको व्यक्तित्व निखार्ने काम गर्नेछ। आत्मविश्वासमा वृद्धि हुनुका साथै सोचे अनुरुप सफलता मिल्नेछ। नोकरी र व्यवसायमा साथीसँगीको सहयोग प्राप्त हुनेछ।