बलिउडका चर्चित जोडी नातामा श्रीमान-श्रीमती भए पनि उमेरले बाउ-छोरी जस्तै छन् !

बलिउड क्षेत्रमा धेरै यस्ता कलाकार छन् । जसको चर्चा अभिनय भन्दा पनि व्यक्तिगत जीवनको कारण हुने गर्दछ । कोही जीवन शैलीको कारण चर्चामा छन भने केही कलाकार उनीहरुको प्रेम सम्बन्ध र वैवाहिक जीवनको कारण चर्चामा आएका छन् । आज हामी बलिउडका केही यस्ता जोडीको बारेमा उल्लेख गर्ने छौँ । जसको उमेर अन्तर बाबु छोरीको जस्तो छ ।

बलिउडमा अहिले अभिनय तथा कहिले विभिन्न काण्ड र व्यक्ति गत जीवनको कारण चर्चामा रहने अभिनेता संजय दत्त जो अहिले आफ्नो दाम्पत्य जीवनमा रमाइरहेका छन् । तर सबैलाई यो कुरा थाहा छैन होला अभिनेता संजय र उनको श्रीमती मान्यता दत्तको उमेर अन्तर २१ वर्षको छ । अभिनेता संजयको श्रीमती मान्यता उनको तेस्रो श्रीमती हुन् ।

बलिउड अभिनेता साहिद कपूरलाई नचिन्ने कमै छन् । कुनै समयमा साहिदको विभिन्न अभिनेत्रीसँग नाम जोडेर सामाजिक सञ्जालमा चर्चा हुने गर्दथ्यो । साहिदले सधैँ आफ्नो करियरमा केन्द्रित भएर र उनले विवाह केही ढिला गरे, साहिदले विवाह आफू भन्दा करिब १४ वर्ष कान्छी युवतीसँग गरेका हुन् । साहिदले मिरा राजपूत नाम गरेकी युवतीसँग विवाह गरेका हुन् ।

बलिउड अभिनेता सैफ अलि खान यस्ता अभिनेता हुन् जो अभिनय भन्दा पनि आफ्नो व्यक्तिगत जीवनको कारण चर्चामा आउने गर्दछन् । अभिनेता सैफले सन १९९१ मा आफूभन्दा १२ जेठी अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए । अन्तत: दुई सन्तानको बाबु बनेपछि सैफले सन् २००४ मा अमृता सिंह सँग सम्बन्ध विच्छेद गरेका थिए । जुन सम्बन्ध विच्छेदलाई आज पनि निकै महँगो सम्बन्ध विच्छेद भनिन्छ । पछिल्लो समयमा आएर सैफले आफूभन्दा १३ वर्ष कान्छी अभिनेत्री करीना कपूरसँग विवाह गरे, जसको चर्चा आज पनि हुने गरेको छ ।

प्रकाशित : आइतबार, फागुन २९, २०७८१६:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कंगनाले गरिन् यस्तो फोटोसुट, तस्बिर देखेर फ्यानलाई यस चलचित्रको याद