नायक पल शाहका म्यनेजर भिनिने कृष्ण जोशी पक्राउ परेका छन् । उनी विरुद्ध घटनाको प्रमाण नष्ट गर्ने देखि बालिकालाई फसाउन संलग्न भएको आरोपमा तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
नाबालिग बला:-त्कार गरेको आरोपमा नायक पल शाह अहिले प्रहरी हिरासत छन् । र तनहुँ प्रहरीले १२ दिनको म्याद थापा गरेरै अहिले अभिनेताको अनुसन्धाना भइरहेको छ । केही दिन पहिले पल शाहका म्यानेजर भनिने कृष्ण जोशी सामाजिक सञ्जालमा आएर आफू सहित केही मानिसको समूह मिलेर नायक पल शाहलाई फसाउन खोजेको स्वीकार गरेका थिए ।
केही दिन पहिले अभिनेताका म्यानेजर भनिने कृष्ण जोशीले एक युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै आफू सहित केही मानिस मिलेर अभिनेताको ह-त्याको समेत योजन बनेको बताएका थिए । साथै पीडित बालिकासँग बसेर कुनै समयमा जाहेरी दिन उत्साहित गर्ने र पछि जाहेरी दिएमा ज्यानै समेत लिने धम्किने दिने गरेको खुलासा भएको छ ।
अन्तर्वार्ताको क्रममा अभिनेताका म्यानेजरले पल द्वारा सार्वजनिक भएको अडियो क्लिप पुरा नभएको र समय मिलाएर सबै अडियो सार्वजनिक गर्ने बताएका थिए ।