पोखरा र बन्दीपुरमा खिचिएको जुबिन नौटियालको गीत सार्वजनिक

काठमाडौं : भारतीय गायक जुबिन नौटियाल(Jubin Nautiyal)को गीत ‘कुछ बातें(Kuch Baatein)’ सार्वजनिक भएको छ। पायल देव(Payal Dev) र जुबिन नौटियालको स्वर रहेको गीतलाई टी-सिरिज(T-Series)ले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।

कुनाल वर्मा(Kunaal Vermaa)को शब्द संयोजन र पायल देवकै सङ्गीत रहेको गीतको भिडियोलाई आशिष पाण्डा(Ashish Panda)ले निर्देशन गरेका हुन्।

पोखरा र बन्दीपुरमा छायांकन गरिएको म्युजिक भिडिओमा भारतीय अभिनेता गुरमित चौधरीसहित पायल, मुस्कान सेठी(Musskan Sethi) र साना खान(Sana Khan)को अभिनय रहेको छ। यसैगरी नेपाली अभिनेत्री रश्मि भट्ट(Rashmi Bhatta)ले पनि यो गीतको भिडियोमा आफ्नो अभिनयको जादू छरेकी छिन्।

भिडियो यहाँ हेर्नुहोस् : – 

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१५:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो सदा तस्बिरमा देखिएकी बच्ची छिन् अहिले बलिउडको शीर्ष स्थानमा, ९० प्रतिशतले सकेनन् चिन्न !