स्वरा भास्कर फिल्म ‘तनु वेड्स मनु’ मा कंगना रनौतकी साथी पायल र राँझनामा सोनम कपूरको अपो-जिट देखिएकी थिइन् । उनले यी चलचित्रबाट बलिउडमा छुट्टै पहिचान बनाएकी छिन् ।
अहिलेको समयमा बलिउडका विभिन्न कलाकारको बाल्यकालका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । यसै क्रम केही दिन पहिले बलिउड अभिनेता सलमान खान, आमिर खान लगाएतका चर्चित अभिनेताको बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा निकै भएको थियो । त्यस्तै अहिले केही अभिनेत्रीको तस्बिर भाइरल हुने क्रम बढेको छ ।
मानिसहरु आफूलाई मन पर्ने स्टारको बाल्यकाल देखि सम्पूर्ण कुरा जान्नको लागि निकै इच्छुक हुने गर्दछन् । त्यस्तै अहिले बलिउडको एक चर्चित अभिनेत्रीको बाल्यकालको तस्बिर भाइरल भएको छ । यी अभिनेत्री अहिलेको समयमा चलचित्र क्षेत्रमा मात्रै नभई राजनीतिक विषयमा पनि बोल्ने यी अभिनेत्रीको दिनहुँ मिडियामा चर्चा हुने गर्दछ ।
स्वरा भास्कर फिल्म ‘तनु वेड्स मनु’ मा कंगनाकी साथी पायल र राँझनामा सोनम कपुरको अपोजिट देखिएकी थिइन् । उनले यी चलचित्रबाट आफूलाई दर्शक माजमा चिनाउन सफल भएकी थिइन् । ९ अप्रिल १९८८ मा दिल्लीमा जन्मिएकी स्वराका पिताको नाम उदय भास्कर हो र उनी नौसेना अधिकारी हुन्। उनकी आमा इरा भास्कर जेएन:-यूकी प्राध्यापक हुन् ।
स्वरा भास्करले पहिले थिएटरमा काम गरेकी थिइन्, त्यसपछि सन् २००८ मा मुम्बई आइन् । पहिलो फिल्म ‘तनु वेड्स मनु’ मा उनको भूमिका निकै रुचाइएको थियो । त्यसपछि उनले थुप्रै चलचित्रमा अभिनय गरेकी छिन् । उनले ‘तनु वेड्स मनुमा वे:-ड्स’ मा सहायक भूमिकाको लागि फिल्म:-फेयर अवार्ड पाएका छन्।