चैत्र १ गते संक्रान्तिको दिन सूर्यले राशि परिवर्तन गर्ने, ४ राशिको चम्किनेछ भाग्य

काठमाडौँ : कुनै पनि ग्रहको राशि परिवर्तन या ग्रहको स्थितिको परिवर्तनले व्यक्तिको कुण्डलीमा प्रभाव पर्छ। ग्रहको राशि परिवर्तनको प्रभावले व्यक्तिको जीवनमा शुभ र अशुभताको बास हुन् सक्छ। ग्रहको गोचरहरुमध्ये सूर्यको गोचरलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ। चैत्र १ गते(१५ मार्च) मङ्गलबारको दिन सूर्यले राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गर्दैछ। सूर्यको यो गोचर धेरै राशिहरुका लागि लाभदायी साबित हुने देखिन्छ। मीन राशि सूर्यको मित्र राशि भएको कारण ४ राशिका जातकका लागि शुभ फलदायी हुनेछ। यी राशिका जातकले मान-सम्मान, सफलता, आत्मविश्वासको कारक ग्रह सूर्यको गोचरबाट अतुलनीय लाभ प्राप्त गर्नेछन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

ज्योतिष शास्त्र अनुसार सूर्य देव वृष राशिको आयको भावमा गोचर गर्दैछ। यो स्थितिले वृष राशिको जातकको आय बढाउँछ। यसका साथै आयका नयाँ श्रोतहरु खुल्नेछन्। जसले व्यापारीहरुलाई ठूलो मुनाफा हुने सम्भावना छ। लगानीको हिसाबले यो समय अनुकूल छ। खासगरी चल-अचल सम्पत्तिमा लगानी गर्नु उचित देखिन्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिको करियर भावमा सूर्यले गोचर गर्दैछ। यो स्थितिबाट मिथुन राशिका जातकलाई फाइदा हुनेछ। नयाँ जागिरको प्रस्ताव आउन सक्छ। जागिरमा बढुवाको सम्भावना छ। यस अवधिमा तपाईको कामको प्रशंसा हुनेछ। कारोबारीलाई धन लाभ हुनेछ। राजनीतिमा सक्रिय व्यक्तिले आकर्षक पद पाउन सक्छन्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका जातकको लागि पनि सूर्य गोचर अत्यन्तै लाभदायी साबित हुनेछ। सूर्य कर्कट राशिको भाग्य भावमा गोचर गर्दैछ। यसले कर्कट राशिका जातकको सौभाग्य बढ्छ। हरेक काममा सफलता मिल्नेछ। व्यापार होस् या जागिरमा होस्, सबैमा अथाह मिल्नेछ। यो गोचरको समयावधिमा ठुलो पद मिल्ने सम्भावना छ। समग्रमा यो समयमा तपाईलाई लोट्टरी लाग्न सक्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

सूर्यको गोचर धनु राशिको भाग्य र धर्म भावमा हुने कारण सुख-सम्पत्तिको आगमन हुनेछ। यस अवधिमा भाग्यले भरपूर साथ दिनेछ। धन-सम्पत्तिमा वृद्धि हुनेछ। नयाँ घर या गाडी खरिदको लागि अनुकूल समय छ। व्यापारी एवं व्यवसायीलाई लाभ हुनेछ। घरजग्गासम्बन्धी कारोबारबाट लाभ मिल्ने प्रबल सम्भावना छ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१५:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३२ दिनसम्म अस्त भएका बृहस्पति देव उदय हुँदै: यी ३ राशिको भाग्य चम्किँदै !