देव गुरु बृहस्पतिलाई शुभ, सम्पत्ति, ऐश्वर्य, वैभव र दाम्पत्य जीवन आदिको कारक मानिन्छ। ३२ दिनपछि बृहस्पति ग्रहको उदय हुँदैछ । २३ फेब्रुअरीमा बृहस्पति ग्रह अस्ताएका थिए । अस्त भएको ३२ दिन पछि, २७ मार्च २०२२ मा बृहस्पति उदय हुने भएका छन् । बृहस्पति ग्रहको अस्ताउँदै गर्दा यी ३ राशिले धेरै लाभ हुने भएको छ ।
कन्या राशि
बृहस्पति देवको उदयले कन्या राशिको लागि राम्रो अवसर मिल्नेछ। जागिर गर्ने हरुको पदोन्नति हुनेछ। यो समयमा काममा नयाँ अवसर पनि मिल्नेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय अनुकूल छ। परिवारसँग राम्रो समय बिताउने मौका मिल्नेछ। धार्मिक कार्यक्रममा सहभागी बन्नु हुनेछ। भगवान विष्णुको आराधना गर्नाले लाभदायक साबित हुन सक्छ।
तुला राशि
यस राशि परिवर्तनको समयमा तुला राशिका व्यक्तिहरूलाई धन लाभ हुन सक्छ। लामो समयदेखि रोकिएको काम पूरा हुनेछ । मान-सम्मानमा वृद्धि हुनेछ। नयाँ जिम्मेवारी आउनेछ। कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ। काममा परिवर्तनको सम्भावना रहनेछ । स्वास्थ्यको मामिलामा यो समयमा निकै सावधान हुनु पर्ने देखिन्छ। हतारमा कुनै निर्णय नगर्नुहोला ।
मकर राशि
बृहस्पतिको यो राशि परिवर्तनको कारण मकर राशिका लागि विशेष लाभ मिल्नेछ। यस समयमा पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। कुनै पनि रोगबाट मुक्ति पाउन सकिन्छ । लामो समयदेखि रोकिएको काम पूरा हुनसक्छ । बोलीमा मिठास कायम राख्नुहोला । आफ्नो जीवनसाथीको सल्लाह पालन गर्न शुभ हुनेछ। दाम्पत्य सम्बन्धी समस्या समाधान हुनसक्छ ।