विदुर नीति: जीवनमा सधैँ सुखी, खुसी हुन्छन् यस्ता गुण भएका मानिस !

विदुर नीतिः जो मानिस नीतिहरुको धेरै कुशलतापूर्वक पालन निकै कुशलता पूर्ण गर्छ । त्यस मानिसले अर्को मानिसको लागि आदर्श मानिस मानिन्छ । यस्तो व्यक्ति ज्ञानले भरिपूर्ण हुन्छ, जसले गर्दा उसले जीवनका सबै कठिनाइहरू सजिलै पार गर्न सक्छ। यस्तो व्यक्तिले सधैँ सुख पाउँछ।

महात्मा विदुरको नीतिले हामीलाई जीवनका धेरै पक्षहरूसँग परिचित गराउँछ। यसका साथसाथै विदुर आफ्नो नीतिमा सरल ढंगले जीवन जिउने धेरै गुणहरूको बारेमा वर्णन गर्नु भएको छ । यी नीतिहरूमा महात्मा विदुरले केही यस्ता गुणहरूको चर्चा गरेका छन् जुन व्यक्तिमा भएमा त्यो व्यक्ति सदा सुखी रहन्छ।

दान गर्ने व्यक्ति
विदुर नीतिका अनुसार जो व्यक्तिमा अभावमा परेका व्यक्तिमा दान, परोपकार गर्ने भावना हुन्छ, त्यो व्यक्ति जीवनमा निकै सुखी रहन्छ । जुन मान्छेको मन पनि धेरै कोमल हुन्छ। यस्तो परोपकारी र पवित्र मन भएको मानिसमा भगवानको कृपा सदैव रहिरहन्छ।

खराब कर्मबाट टाढा रहने मानिस
नराम्रो कर्म र गलत कार्य गर्ने मानिसबाट सधैँ टाढा रहने व्यक्तिले कहिल्यै कसैलाई हानि गर्न सक्दैन। यस्ता मानिस सधैँ राम्रो कर्म गरेर अगाडि बढ्ने विश्वास राख्छन् । गलत कर्मबाट टाढा रहने व्यक्तिको पनि समाजमा इज्जत मन सम्मान हुने गर्दछ ।

नैतिकवान् मानिस
यस्तो व्यक्ति जसले धेरै कुशलतापूर्वक नीतिहरूको पालना गर्दछ र अरूको लागि आदर्श बन्न सक्छ। यस्तो व्यक्ति ज्ञानले भरिपूर्ण हुन्छ, जसले गर्दा उसले जीवनका सबै कठिनाइहरू सजिलै पार गर्न सक्छ। यस्तो व्यक्तिले सधैं सुख पाउँछ।

सत्य बोल्ने मानसि
महात्मा विदुरका अनुसार सधैँ सत्यको मार्गमा हिड्ने र सधैँ सत्य बोल्ने व्यक्तिको हृदय पूर्णतया सफा हुन्छ । कुनै पनि दुष्टले उसलाई छुन सक्दैन र ऊ सधैँ आफ्नो जीवनमा सन्तुष्ट हुन्छ।

आज्ञाकारी
ज्ञान वा उच्च पद पाएपछि मनमा घमण्ड हुने यस्ता व्यक्ति जीवनमा कहिल्यै अगाडि बढ्न सक्दैनन् । यसको विपरीत, केही विद्वानहरू छन् जसको स्वभाव सधैँ नम्र रहन्छ। विदुर नीतिका अनुसार यस्ता मानिस जीवनमा सधैँ खुसी रहन्छन् ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतलाई अमेरिकन लूनार सोसाइटीले गर्यो सम्मान, साथै यति ठूलो निर्णय !