दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन उनका फ्यानहरूका लागि ठूलो धक्का अपत्यारिलो घटना थियो । उनको निधन भएको झन्डै २ वर्ष बितिसक्यो तर आज पनि फ्यान उनलाई गुमाएको शोकबाट मुक्त हुन सकेका छैनन् । प्राय: अहिले पनि अभिनेताको नाम सामाजिक सञ्जालमा भाइरल भइरहन्छन् ।
यसै बीच अब सुशान्तका फ्यानका लागि एउटा खुसीको खबर आएको छ । वास्तवमा अभिनेताको जन्मदिन अब ‘सुशान्त मुन’ को रूपमा मनाइने भएको छ । अभिनेताले अन्तरिक्ष, चन्द्रमा र ताराहरूलाई कति माया गर्थे भन्ने कुरा सुशान्तका फ्यानहरूलाई राम्ररी थाहा छ। उनको मायालाई ध्यानमा राख्दै अब अमेरिकन लुनार सोसा:-इटीले सन २०२३ जनवरी २१ देखि सुशान्तको जन्मदिनलाई ‘सुशान्त मुन डे’का रुपमा मनाउने घोषणा गरेको छ ।
प्रशंसनीय कुरा के छ भने सुशान्त सिंह राजपूत एक मात्र कलाकार थिए जसले चन्द्रमामा जग्गा किनेका थिए । रिपोर्टका अनुसार, उनले (महान मस्कोभिएन्स) मा (Muscovy) सागरमा आफ्नो लागि जग्गा किनेका थिए। यसबाहेक उनले ‘चन्द मामा दूर के’ नामक फिल्म पनि साइन गरेका थिए, जसमा उनी अन्तरिक्ष यात्रीको भूमिका निभाउन लागेका थिए ।
यस फिल्मको लागि सुशान्तले निकै तयारी पनि गरेका थिए । यसै क्रममा उनी नासा पनि गएका थिए । तर फिल्मको छायांकन सुरु हुनुअघि नै उनी यस संसारलाई बिदा भएका थिए । त्यसपछि भने अहिलेसम्म यो फिल्मको काम सुरु भएको छैन । सुशान्त सिंह राजपुत १४ जुन २०२० मा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत फेला परेका थिए । सीबीआईले अभिनेताको मृत्युको कारण पत्ता लगाउन अझै अनुसन्धान गरिरहेको छ।