अभिनेत्री आँचलको वर बन्ने भए विवेक

नेपाली चलचित्र निर्देशक मिलन चाम्सलाई नचिन्ने सायदै कमै मानिस होलान् । निर्देशले मिलनले अहिलेसम्म थुप्रै सफल चलचित्र बनाइ सकेका छन् । मिलनले अहिलेसम्म लिली बिलि, बिर बिक्रम, बिर बिक्रम २’ हेप्पी डेज’ जस्ता असफल चलचित्र निर्देशन गरिसकेका छन् । त्यस्तै अहिले खबर अनुसार निर्देशक मिलन अहिले नयाँ चलचित्र ‘वर एण्ड वधु’ निर्माण गर्न तयारीमा रहेका छन् ।

खबर अनुसार मिलनको नयाँ चलचित्रमा अभिनेत्री आँचल शर्मा नायकको रुपमा विवेक कर्मचार्य देखिने भएका छन् । विवेक कर्मचार्यको यो पहोलो चलचित्र हो । विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरिसकेका छन् । भने यस चलचित्रमा अभिनेत्री आँचललाई पनि अन्य चलचित्रमा भन्दा केही फरक रुपमा पाउन सकिन्छ ।

खबर अनुसार अभिनेत्री उनको नयाँ चलचित्रको लागी १० केजी तौल घटाउँदै छिन् । अभिनेत्री आँचलले सञ्चार माध्यम सँग संवाद गर्ने करमा उनको यी चलचित्र अन्य चलचित्र भन्दा निकै पृथक् शैलीमा बन्न लागेको चलचित्र हुँदा आफू निकै उत्साहित भएको अभिनेत्रीको भनाइ छ । यस चलचित्रमा नव नायकको भूमिकामा देखिने विवेक कर्मचार्य  र  अभिनेत्री आँचलको जोडी चलचित्र ‘वर एण्ड वधु’  मा मुख्य  भूमिकामा देखिने छन् ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८११:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विदुर नीति: जीवनमा सधैँ सुखी, खुसी हुन्छन् यस्ता गुण भएका मानिस !