बिहारमा भेटिए अभिनेता इमरान र सनीको छोरा ? यस विषयमा अभिनेता, अभिनेत्रीले दिए बयान !

बलिउड अभिनेतालाई अभिनेता इमरान हाशमीलाई बलिउडको सिरियल किसर भनेर चिनिन्छ । अभिनेताको बलिउड क्षेत्रमा ठूलो सङ्ख्यामा फ्यानहरु रहेका छन् । त्यस्तै बलिउड अभिनेत्री शनि लियोनीलाई आजको समयमा सबैले चिन्दछन् । अभिनेत्रीका फ्यानहरु उनको एक झलक देख्न आतुर हुने गर्दछन् ।

तर के तपाईलाई थाहा छ यी दुईसँग जोडिएको एउटा खबरले कुनै एक समयमा इमरानलाई निकै तनाव भएको थियो र अभिनेता आफै सामाजिक सञ्जालमा आएर खबरको बारेमा बयान दिएका थिए ।

केही वर्ष पहिले इमरान हाशमी र सन्नी लियोनीको बारेमा एउटा खबरले धेरैको ध्यान तानेको थियो र यो खबर इमरान र सन्नीको छोरा भएको हाला फैलिएको थियो ।

बिहारको मुज:-फ्फरपुर जिल्लाका एक विद्यार्थीले आफ्नो आमाबुवा सन्नी लियोन र इमरान हाश्मी भएको दाबी गरेका थिए । मुज:-फ्फरपुरको ‘बीआरए बिहार युनिभ:-र्सिटी’ मा बीए भाग २ को परीक्षा फारम भर्दा ती विद्यार्थीले बुबाको नामको अगाडि इमरान हाश्मी लेखे र आमाको नामको सट्टा सन्नी लियोनी लेखेका थिए ।

अन्तत: यो खबर यति भाइरल भयो कि इमरान हाशमी आफैँले जवाफ दिनुपर्यो । इमरान हाशमीले यो खबरलाई रिट्वीट गर्दै लेखेका छन्, ‘म कसम खान्छु कि यो मेरो होइन ।’ अभिनेताको यो जवाफले सामाजिक सञ्जालमा मानिसहरुको हाँसो रोकिएन । जब यो खबर सन्नी लियोनीलाई थाहा भयो तब अभिनेत्रीले पनि प्रतिक्रिया दिएकी थिइन् । उनले ट्विट गर्दै लेखेकी थिइन् । ‘यो बच्चा शानदार छ। ठूलो सपना तर्फ।’

प्रकाशित : बुधबार, फागुन २५, २०७८११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’ बन्द गर्न हुँदै छ माग, यस्तो छ कारण ?