चर्चित रियालिटी शो ‘द कपिल शर्मा शो’ बन्द गर्न हुँदै छ माग, यस्तो छ कारण ?

कपिल शर्मा शो एक चर्चित रियालिटी शो हो । महिला, बालबालिका, युवा र वृद्धवृद्धालाई निकै मनोरञ्जन दिने गर्दछ । तर अहिलेया लामो समयपछि शो बन्द गर्न माग भइरहेको छ ।

कपिल शर्मा शो एक चर्चित रियालिटी शो हो । यस शोले महिला, बालबालिका, युवा र वृद्धवृद्धालाई निकै मनोरञ्जन दिने गर्दछ । अहिलेको समयमा केहि समूहले यस शोलाई बन्द गर्न माग गरिरहेको छ । वास्तवमा फिल्म निर्माता विवेक राजन अग्निहोत्रीले कपिलमाथि गम्भीर आरोप लगाएका छन् । उनले कपिल शर्माले शोमा आफ्नो फिल्म ‘द कश्मीर फाइल्स’को प्रचार नगरेको आरोप लगाएको बताएका छन् ।

फिल्म निर्माता विवेक राजन अग्निहोत्रीले फिल्म ‘द कश्मीर फाइल्स’को प्रचार नगरेको आरोप लगाउँदै यस फिल्ममा कुनै ठूलो कलाकार नभएको कारण उनलाई शो नबोलाएको फिल्म निर्माताले दाबी गरेका छन् । उनले आफ्नो ट्वीटमा आफ्नो फिल्म ‘द कश्मीर’ को प्रमोशनका लागि कपिल शर्मा शोमा नजाने लेखेका छन् । किनभने कमेडियन कपिल शर्माले उनलाई शोमा निम्तो दिन अस्वीकार गरेका थिए । किनभने उनको फिल्ममा कोही ठूला स्टार नभएको कारण उनले बताउँदै आएका छन् ।

वास्तवमा विवेकले एक प्रयोगकर्ताको ट्वीटको जवाफ दिँदै रिट्विट गरेका थिए, जसमा लेखिएको थियो कि उनी द कपिल शर्मा शोमा फिल्मको प्रचार हेर्न चाहन्छन्। तर पछि निर्माता विवेकलाई कार्यक्रममा आमन्त्रित कपिल शर्मा टिमले गर्न अस्वीकार गरेको रिट्वीट मार्फत बताएका थिए ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८१२:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अन्तत: सलमानले सोनाक्षीलाई लगाइदिए वरमाला, सार्वजनिक भयो यस्तो तस्बिर !