कार्यक्रममा पुगेकी अभिनेत्री यामीको भयो बेहाल, हातले बचाइन् आफूलाई ! 

एजेन्सी- बलिउड अभिनेत्री यामी गौतम हालै आफ्नो अभिनयले मानिसको मनमा फरक स्थान बनाएकी छिन् । अभिनेत्रीको हालै ‘ए थर्सडे’ रिलिज भएको थियो, जसमा यामीको रूप र अभिनय देखेर मानिसहरु छक्क परेका थिए । पुन: एक पटक अभिनेत्री चर्चामा आएकी छिन् तर यस पटक उनी कुनै अभिनयको कारण नभई आफ्नो पहिरनका कारण चर्चामा आएकी छिन् ।

यस पटक अभिनेत्री निकै फरक शैलीमा देखिएकी छिन् । जसमा उनी आफूलाई निकै असहज महसुस गरिरहेकी छिन् । नायिका बारम्बार आफ्नो पोसाक मिलाउँदै गरेको देख्न सकिन्छ ।

बलिउड इन्डस्ट्रीकी चर्चित अभिनेत्री यामी गौतमको फ्यान फलो:-इङ निकै सङ्ख्यामा पाउन सकिन्छ । अहिले मानिसहरु उनको अभिनयको कारण मोहित भएका छन् ।

उनले धेरै ठूला चलचित्रमा काम गरिसकेका छन् । अभिनेत्री यामी गौतम सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानहरूसँग जोडिन कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् ।

यामी गौतमको वर्कफ्र:-न्टको कुरा गर्दा उनी आगामी दिनमा धेरै फिल्ममा देखिने छिन् । जसमा ‘दासवी’, ‘ओएमजी २’ जस्ता ठूला फिल्महरुमा देखिँदै छिन्  ।  अभिनेत्री यामी चलचित्र ‘दसवी’ मा अभिनेत्री अभिषेक बच्चनसँग स्क्रिन सेयर गर्दै छिन् भने ‘ओएमजी २’ मा बलिउड अभिनेता  अक्षय कुमारको अपोजिटमा देखिनेछिन् ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८११:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहारमा भेटिए अभिनेता इमरान र सनीको छोरा ? यस विषयमा अभिनेता, अभिनेत्रीले दिए बयान !