बयानको लागि अभिनेता पल शाहलाई नवलपरासी गैँडाकोट लगियो !

नाबालिग गायिका बला:-त्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गैँडाकोट लागिएको छ । पिडित लिशोरीले आफूलाई बला:-त्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएपछी अभिनेता पल शाह तनहुँ प्रहरी हिरासतमा थिए । पछि युवतीले फागुन १६ गते गैँडाकोट प्रहरीमा पनि मुद्दा दर्ता गराएकी थिइन् ।

गायिका प्रहरीमा दर्ता गराइएको जाहेरी अनुसार अभिनेता शाहले आफूलाई २०७७ चैत ७ गते गैँडाकोट आएको समयमा त्यस स्थानको एक होटलमा जबर:-जस्ती करणी गरेको आरोप लगाएकी छिन् । अहिले अभिनेता शाहलाई थाप अनुसन्धानको लागि मंगलबार प्रहरी कार्यालय गैंडाकोट लागिएको छ ।

बुधबार जिल्ला अदालतबाट तनहुँबाट १२ दिनको म्याद थपेर अनुसन्धान अघि बढाएको थियो । फागुन १६ गते नवलपरासी गैँडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी पीडित गायिकाको सोही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गल ग्याडोटको फिल्मबाट हलिउडमा डेब्यु गर्दैछिन् आलिया भट्ट