हरेक क्षेत्रमा अब्बल साबित हुन्छन् यी ४ भएका महिला, जीवनमा खुब गर्छन् प्रगति

ज्योतिष शास्त्र अनुसार हरेक राशिका मानिसहरुमा केहि यस्ता गुणहरु हुन्छन् जसले उनीहरुलाई अरु भन्दा फरक बनाउँछ। राशिफलमा ग्रहको प्रभाव रहेको बताइन्छ। जस्तै मेष र वृश्चिकको शासक ग्रह मंगल हो भने वृष र तुला राशिको शासक ग्रह शुक्र हो। आज यहाँ हामी केहि यस्ता राशिको बारेमा कुरा गर्नेछौं, जुन राशिका महिलाहरु हरेक कुरामा अगाडि हुन्छन्। यी महिलाले पुरुषलाई पनि निकै पछाडी पार्न सफल हुन्छन्। यी महिलाले नाम र दाम दुबै कमाउँछन्।

मिथुन राशि 

यस राशिका केटीहरु मन र दिमागबाट निकै बलियो हुन्छन्। उनीहरु हरेक कुरामा अगाडि हुन्छन्। उनीहरुले सानै उमेरमा सफलताको उचाइ छुन्छन्। करियर जीवन होस् वा पारिवारिक जीवन, जताततै आफ्नो झण्डा फहराउन सफल हुन्छन्। उनीहरुले समाजमा धेरै मान-सम्मान पाउँछन्। जीवनमा जस्तोसुकै परिस्थिति आए पनि हार मान्दैनन्।

कन्या राशि

यो राशिका केटीहरु धेरै छिटो स्वभावका र भावुक हुन्छन्। यी महिलाहरुले आफ्ना मानिसहरूलाई धेरै माया गर्छन्। एक पटक जुन काम गर्ने सोच बनाउँछन् त्यो काम गरेर नै छाड्छन्। आफ्नो तीक्ष्ण बुद्धिको कारणले कुनै पनि काममा सफलता हासिल गर्न सक्छन्। जीवनमा धेरै पैसा र नाम कमाउँछन्।

वृश्चिक राशि 

यो राशिका केटीहरु आफ्नो व्यावसायिक जीवनलाई लिएर निकै गम्भीर हुन्छन्। उनीहरु आफ्नो करियरमा उच्च स्थान हासिल गर्न चाहन्छन्। जसका लागि उनीहरु निकै मिहिनेत गर्छन्। तिनीहरू हृदय, दिमाग र शरीर सबै तरिकाले बलियो हुन्छन्। उनीहरुले जीवनमा आउने हरेक चुनौतीलाई साहसका साथ सामना गर्छन्। उनीहरुको जीवनमा धन-सम्पतिको कहिल्यै कमी हुँदैन।

कुम्भ राशि 

यो राशिका केटीहरु आफ्नो भाग्य आफै बनाउँछन्। मिहिनेत गरेर कुनै पनि काममा सफलता हात पार्न सफल हुन्छन्। तिनीहरू जिद्दी र भावुक हुन्छन्। उनीहरु कर्ममा विश्वास गर्छन्। जताततै उनीहरु आफ्नो वर्चस्व जमाउन सफल हुन्छन्। धन र प्रतिष्ठा दुबै प्राप्त गर्छन्।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो चैत १७ गतेसम्म यी राशिका जीवनमा आउनेछन् खुशीका लहर, पाउनेछन् शुभ समाचार