आउँदो चैत १७ गतेसम्म यी राशिका जीवनमा आउनेछन् खुशीका लहर, पाउनेछन् शुभ समाचार

काठमाडौँ : वैदिक ज्योतिष अनुसार कुनै पनि ग्रहको उदय या गोचरले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। सन् २०२२ को मार्चमा तीन ठूला ग्रहको राशि परिवर्तन हुनेछ। तीन ग्रहको राशि परिवर्तन हुँदा मेष देखि मीन राशिसम्म १२ वटै राशिका जातकमाथि प्रभाव पर्नेछ। ग्रहको राशि परिवर्तनले कुन-कुन राशिको जीवनमा खुशीयाली ल्याउनेछ त ?

बुधले आफ्नो राशि परिवर्तन गरिसकेको छ। बुधले ६ मार्च अर्थात् फागुन २२ गते आइतबार कुम्भ राशिमा प्रवेश गरेको हो। १८ मार्च(चैत्र ४ गते) कुम्भ राशिमा अस्ताएपछि २७ मार्च(चैत १० गते) मा बुधले मीन राशिमा गोचर गर्नेछ। त्यसपछि ग्रहहरुको राजा सूर्यले १५ मार्च(चैत्र २ गते) मा मीन राशिमा गोचर गर्नेछ। मार्च महिनामा अन्तिम राशि परिवर्तन शुक्रदेवले गर्नेछन्। शुक्रदेवले ३१ मार्च अर्थात चैत्र १७ गते बिहिबार कुम्भ राशिमा प्रवेश गर्नेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिहरुलाई मार्चमा हुने तीन ठूला ग्रहहरुको राशि परिवर्तनबाट लाभ मिल्नेछ। यस समयावधिमा तपाईलाई धन लाभको योग छ। तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ। तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ। जागिरेदारहरुले नयाँ कामको अवसर प्राप्त गर्नेछन्। आत्मविश्वासमा वृद्दि हुनेछ। यसका साथै आय वृद्धिको योग पनि छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

ग्रहहरुको शुभ प्रभावले वृष राशिका व्यक्तिहरुका जीवनमा आमूल परिवर्तन आउनेछ। यस समयावधिमा तपाईको पारिवारिक जीवनमा सहजता आउनेछ। शुक्रदेव तपाईको राशिको दशौँ भावमा गोचर गर्नेछ। जसलाई करियर या जबको भाव पनि भनिन्छ। गोचर कालमा तपाईलाई नयाँ कामको प्रस्तावहरु आउन सक्छ। गोचर कालमा तपाईको तलब वृद्धि हुन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका व्यक्तिहरुका जीवनमा ग्रहको राशि परिवर्तनले राजयोगको स्थिति बन्नेछ। बुधदेव तपाईको राशिको दोस्रो भावमा प्रवेश गरेको छ। जसलाई धन या वाणीको भाव पनि भनिन्छ। यस समयावधिमा व्यापारीहरुलाई मनग्यै धन लाभको सम्भावना छ। मिडिया र मार्केटिङसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो करियरमा राम्रो सफलता प्राप्त गर्न सक्छन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मार्च महिनामा तीन ठूला ग्रहहरुको राशि परिवर्तनले मिथुन राशिका व्यक्तिहरुमा शुभ प्रभाव पर्नेछ। सूर्य तपाईको राशिको दशौँ भाव प्रवेश गर्नेछ, जसलाई करियर या जबको भाव पनि भनिन्छ। यस अवधिमा तपाईको कार्यशैलीमा सुधार आउनेछ। कार्यस्थलमा तपाईको प्रशंसा हुनेछ। गोचरकालमा चल एवं अचल सम्पतिमा वृद्दि हुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१४:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विशेष हुनेछ यो वर्षको होलि, बन्दैछन् अत्यन्तै शुभ संयोग