विगत एक साता देखि सामाजिक सञ्जालमा नायक पल शाह प्रकरणले निकै चर्चा पाएको छ । यस क्रममा विभिन्न अभिनेता अभिनेत्री सामाजिक सञ्जाल तथा अन्तर्वार्ता दिने क्रममा आ-आफ्नो धरान राख्दै आएका छन् । यसै क्रममा अभिनेता पल शाहका नजिकका मित्र तथा अभिनेता पुष्प खड्काले पनि आफ्नो धारणा राखेका छन् ।
अभिनेता पल शाह र पुष्प खड्का दुवैले आफ्नो अभिनयको सुरुवात म्युजिक भिडियोबाट सुरु गरेका थिए । सामाजिक सञ्जालमा जब उनीहरुलाई एक साथमा देखिन्थे तब उनीहरु निकै मिल्ने साथी जस्तै देखिन्थे साथै दुवैले सँगै विभिन्न म्युजिक भिडियोमा पनि काम गरेका छन् । अहिले अभिनेता पल शाह नाबालिकलाई जब:-र्जस्ति करणी गरेको आरोपमा हिरासतमा छन् ।
अहिले केही मानिस अभिनेता पलको समर्थनमा बोलेका छन् भने केही मानिस पीडित बालिकाको समर्थनमा बोलेका छन् । यसै क्रममा अभिनेता पुष्प खड्काले पनि सामाजिक सञ्जालमा आफ्नो धारण राखेका छन् । पुष्पले भनेका छन् , उनीहरु बिचमा प्रेम रहेको देखिन्छ । तर अहिले के कारणले सम्बन्ध बिग्रियो त्यो उनीहरुको व्यक्तिगत कुरा हो भनेका छन् । अनन्तमा अभिनेता पुष्पले दुवै निर्दोष सबिता भए राम्रो हुने बताएका छन् ।