अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेता अमिताभ बच्चनको एक तस्बिर निकै भाइरल भएको छ । जसमा अभिनेता नेपाली ढाका टोपीमा सकिएका छन् । अभिनेताले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा ‘केटिको केटीको’ लेखेका छन् । अभिनेताले ढाका टोपी लगाउँदै निकै हर्षित देखिएका छन् ।
पहिलो पटक नेपाली ढाका टोपी लगाएर देखिएका अभिनेता बच्चालाई नेपाली पोषकको सम्मान गरेको धेरैले कमेन्ट मार्फत बधाई दिएका छन् । यसको साथै अभिनेता कति पटक चर्चित शो ‘कौन बनेका करोड पति’ मा नेपाको बारेमा विभिन्न प्रश्न गरेर पनि चर्चामा आएका छन् ।
केही समय पहिले अभिनेताअमिताभ चलचित्र छायाँकनको लागि नेपाल आउने भनिएको थियो । तारा केही कारणले गर्दा उनी नेपाल आउन सकेका थिएनन् । तर यस भन्दा पहिले नै अभिनेता एक चलचित्रको छायाँकनको क्रममा नेपाल आएका थिए ।