ग्रहहरूको राजा सूर्यले हरेक महिना राशि परिवर्तन गर्छ र मानिसको जीवनमा ठूलो प्रभाव पार्छ। आउँदो मार्च १५ मा सूर्य आफ्नो राशि परिवर्तन गरी मीन राशिमा प्रवेश गर्दैछ। अहिले सूर्य कुम्भ राशीमा हुनुका साथै शनिको राशि मकर राशिमा धेरै ग्रहहरूको जमघट भईरहेको छ। ज्योतिषशास्त्रका अनुसार १५ मार्च २०२२ पछि सूर्य लगायत अन्य ग्रहको स्थितिमा आएको परिवर्तनले ५ राशिका मानिसका लागि निकै राम्रो समय ल्याउनेछ। यसका कारण मार्च १५ देखि अप्रिल १४ सम्मको समयले यी राशिका व्यक्तिहरूलाई धेरै धनलाभ दिनेछ।
मेष राशि
मीन राशिमा सूर्यको गोचर मेष राशिका व्यक्तिका लागि निकै शुभ रहनेछ। विशेषगरी विद्यार्थीका लागि यो समय निकै राम्रो छ। विदेश जाने वा ठूलो कलेजमा भर्ना हुने सपना पूरा हुन सक्छ। साथसाथै काम गर्ने व्यक्तिहरूलाई पनि आफ्नो करियरमा फाइदा हुनेछ।
वृष राशि
सूर्यको गोचरले वृष राशिका लागि धन लाभ दिनेछ। यसले तपाईंको बचत बढाउँछ र तपाईंको वित्तीय स्थिति बलियो बनाउँछ। लगानी र लेनदेनका लागि राम्रो समय रहेको छ। पदोन्नति तथा तलब वृद्धिको लागि यो समय बलियो योग रहेको छ।
मिथुन राशि
मिथुन राशिका लागि यो समय करियरमा निकै लाभदायी रहनेछ। आर्थिक लाभ प्राप्त हुनेछ। यो पूरै वर्ष यस राशिका मानिसको लागि करियर र आर्थिक हिसाबले राम्रो छ। विशेषगरी सरकारी जागिरमा रहेका मानिसको लागि विशेष लाभ मिल्नेछ।
कर्कट राशि
कर्कट राशिका लागि सूर्यको गोचरले मनग्य धनलाभ दिनेछ। यसको प्रभाव कर्कट राशिका मानिसको आर्थिक अवस्थामा प्रष्ट देखिनेछ। भाग्यले साथ दिनेछ। हेरक काममा सफलता मिल्नेछ।
तुला राशि
तुला राशिका लागि यो समय करियरको हिसाबले विशेष रहनेछ। प्रगति मिल्नेछ। धन लाभ मिल्नेछ। ठूलो उपलब्धि हासिल गर्न सकिनेछ। मान-सम्मान बढ्नेछ। बेरोजगारहरुले रोजगारी पाउन सक्नेछन्।