सलमानसँग विवाहको खबरमा अभिनेत्री सोनाक्षीको आयो यस्तो प्रतिक्रिया ?

केही दिन पहिले अभिनेता सलमान खान र अभिनेत्री सोनाक्षी सिन्हाको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो जसमा अभिनेता र अभिनेत्री दुलाहा दुलहीको भेषमा देखिएका थिए । अहिले अभिनेत्री सोनाक्षीले उक्त्त तस्बिरको बारेमा मुख खोलेकी छिन् ।

सामाजिक सञ्जालमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको बारेमा पछिल्लो समयमा कुनै न कुनै नयाँ खबर सामाजिक सञ्जालमा आउने गरेको छ । हालै अभिनेत्रीको केही खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । साथै अभिनेत्रीका केही तस्बिर पनि निकै भाइरल भएको छ ।

अहिले सामाजिक सञ्जालमा अभिनेत्री सोनाक्षीको विवाहको खबर निकै भाइरल भएको छ । रिपोर्टहरू अनुसार उनले विवाह गर्ने व्यक्तिको नाम थाहा पाउँदा छक्क पर्नुहुनेछ । बलिउड अभिनेता सलमान खान प्राय: सधैँ विवाहको खबरलाई लिएर चर्चामा हुने गर्दछन् । उनका फ्यानहरु सलमानले कहिले विवाह गर्छन् भनेर जान्न इच्छुक छन् ।

हालै सामाजिक सञ्जालमा सलमान खानको एउटा तस्बिर भाइरल भइरहेको छ । जसमा सलमान खान दुलहाको भेषमा देखिएका छन् । सलमानसँग नजिक रहेकी अभिनेत्री सोनाक्षी सिन्हाले पनि सिउँदोमा सिन्दूर लगाएको देखिन्छ । यस तस्बिरमा अभिनेता सलमान खान अभिनेत्री सोनाक्षीलाई औँठी लगाउँदै गरेको देख्न सकिन्छ ।

अहिले सामाजिक सञ्जालमा भाइरल सलमान सोनाक्षीको तस्बिरमा अभिनेत्री सोनाक्षीले कमेन्ट गरेकी छिन् । अभिनेत्रीले तस्बिरमा कमेन्ट गर्दै मानिसहरुलाई फोटो शपबाट बनाएको फोटो पनि चिन्न नसकेको भन्दै प्रश्न गरेकी छिन् ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१०:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अजय देवगनकी छोरीको यस्तो कार्य, सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल हुँदै !