‘केजी:एफ च्या-प्टर २’ तोक्यो रिलिज मिति, यस दिन आउँदै छ ट्रेलर !

भारतको चलचित्र क्षेत्रको ‘बाहुबली’ फ्रेन्चा-इज पछि, अभिनेता यश स्टारर ‘केजी:एफ च्या-प्टर २’ पक्कै पनि यस वर्ष रिलिज हुनेमा सर्वाधिका रुचाइने फिल्म मध्य एक हुने आकलन गरिएको छ । एक्श-नले भरिपूर्ण चलचित्र ‘केजीएफ च्या-प्टर २’ हेर्न दर्शकको उत्साह बढेको छ र चलचित्र हलमा आउनुअघि नै निर्माता र फ्यानमा उत्साह थपिने देखिएको छ ।

अहिले ‘केजी:एफ च्याप्टर २’ का निर्माताले फिल्मको ट्रेलर रिलिज गर्नुअघि फ्यानहरूलाई उत्साहित बनाउन कुनै कसर बाँकी राखेका छैनन्। यश स्टा:रर फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको रिलिज मिति घोषणा छ । जसका अनुसार फिल्म १४ अप्रिल २०२२ मा रिलिज हुनेछ र यसको ट्रेलर मार्च २७, २०२२ मा सार्वजनिक हुनेछ ।

यस फिल्ममा पहिलो पटक अभिनेता यशले पहिलो बलिउड  अभिनेता सञ्जय दत्त र अभिनेत्री रविना टण्डनसँग स्क्रिन सेयर गरेक छन् । रितेश सिधवानी द्वारा प्रस्तुत ए:क्से-ल इन्टरटे-नमेन्ट र प्रशान्त नील द्वारा निर्देशित र विजय किरागन्दूर, होमबल फिल्म्स द्वारा निर्मित, फिल्ममा यश, सञ्जय दत्त, श्रीनिधि शेट्टी, रविना टन्डन र प्रकाश राजले अभिनय गरेका छन्। यस फिल्मको च्या-प्टर १ ले धेरै रेकर्ड तोडेको थियो ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘केजिएफ : च्याप्टर २’ को ट्रेलर छिट्टै रिलिज हुने, लामो प्रतीक्षा अन्त्य हुँदै