‘केजिएफ : च्याप्टर २’ को ट्रेलर छिट्टै रिलिज हुने, लामो प्रतीक्षा अन्त्य हुँदै

एजेन्सी : दक्षिण भारतीय सिनेमा जगतका लोकप्रिय अभिनेता यशको बहुप्रतिक्षित फिल्महरुमध्ये एक फिल्म ‘केजिएफ : च्याप्टर २’ रिलिजसँगै यसको ट्रेलरको व्यग्रताको साथ प्रतीक्षा गरिरहेका छन्। फ्यान्सका आतुरतालाई ध्यानमा राख्दै चलचित्र निर्माता टिमले यहीँ महिनामा ट्रेलर रिलिज गर्ने घोषणा गरेको छ।

भारतीय चलचित्र निर्देशक प्रशान्त नीलले आफ्नो ट्वीटर ह्याण्डलमा फिल्मको ट्रेलर २७ मार्चमा साँझ ६:४० मिनेटमा रिलिज गरिने जानकारी दिएका छन्।

यो फिल्ममा यशसँग पहिलो पटक बलिउड अभिनेता सञ्जय दत्त मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा सञ्जय दत्तले अधीराको भूमिका निभाउनेछन्। योसँगै फिल्ममा रवीना टण्डन पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन्। गत वर्ष २०२१ मा फिल्मको टिजर रिलिज भएको थियो, जसलाई दर्शकले अत्यधिक मन पराएका थिए। उक्त टिजर संसारभरमा सबैभन्दा बढी पटक हेरिएको थियो। यो फिल्म गत वर्ष रिलिज हुने भनिएको थियो तर कोरोनाका कारण फिल्म ढिला हुन् पुग्यो।

यश र सञ्जय दत्तको अनस्क्रिन भीडन्त हेर्न दर्शक लामोसमयदेखि पर्खिरहेका छन्। फिल्ममा यशले फेरि पनि श्रीनिधि शेट्टी अनस्क्रिन रोमान्स गर्नेछन्। यो फिल्म यसै वर्षको अप्रिल १४ मा हलमा रिलिज हुँदैछ ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१७:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पल प्रकरणमा: पीडित हुँ भन्न पनि ठूलो हिम्मत चाहिन्छ- अभिनेत्री प्रियंका कार्की