नारायणकाजीलाई पार्टीबाट अलग नहुन प्रचण्डको आग्रह

काठमाडौँ- बिहीबार बिहान प्रचण्ड निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबिच छलफल भएको छ । स्रोतका अनुसार पार्टी एकता गर्ने विषयमा केन्द्रित रहेको छलफल अन्तत: निष्कर्षविहीन भएको थियो । व्याख्यात्मक घोषणासहित पास भएको एमसीसी नारायणकाजी श्रेष्ठ असन्तुष्ट भएका छन् ।

संसदबाट एमसीसी पास भएसँगै श्रेष्ठ यस निर्णयमा आफू सहमत नभएको बताउँदै आएका छन् । संसदबाट एमसीसी पास भएसँगै श्रेष्ठ पार्टीबाट अलग हुने निर्णय गरेका थिए । यस सँगै एमसीसी संसदबाट पास भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो पारामा अब आफ्नो पार्टीबाट नारायणकाजी अलग हुनसक्ने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको यस्तो अभिव्यक्तिपछि अहिले यी दुई नेताको सम्बन्धमा दुरी बढेको छ । बिहीबार बिहानको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठ पार्टीबाट अलग नहुन आग्रह गरिएको बताएको छ । साथै अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा विवाद भए पनि अन्य विषयमा मिलेर अघि बढ्न आग्रह गरेका थिए ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१३:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमालेको विचार झल्कने टिक:टक बनाउने प्रतियोगिता, विजयीलाई १ लाख देखि २५ हजारसम्म