एमालेको विचार झल्कने टिक:टक बनाउने प्रतियोगिता, विजयीलाई १ लाख देखि २५ हजारसम्म

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेको कार्य तथा विचार झल्किने टिक:टक भिडियो बनाउनेलाई १ लख पुरस्कार दिने घोषणा गरेको छ । यस आयोजनालाई एमाले निकट युवासंघ र साइबर सर्कलले टिक:टक प्रतियोगिता आयोजना गर्न लागिएको बताएको छ ।

यस योजना अन्तर्गत सहभागी हुनको लागि भिडियो चैत्र २१ गतेदेखि २०७९ बैशाख ३० गतेसम्म अपलोड गरेको हुनु पर्दछ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्धितियले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार पाउने बताएको छ । भिडियो अपलोड गर्दा भिडियोमा एमालेको कार्य तथा विचार झल्किने टिक:टक भिडियो हुनु पर्ने बताइएको छ । साथै एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने लगायतका सर्तहरु पनि राखिएका छन् ।

पछिल्लो समय सामाजिक मनोरन्जनात्मक थुप्रै एप सार्वजनिक भएको छ । त्यस्तै छोटो समयमा टिक:टक नेपालमा पनि निकै लोकप्रिय भएको छ । अहिले चुनाव नजिकिँदै गर्दा एमालेको यस्तो घोषणा निकै अनौठो रहेको छ ।

प्रकाशित : बुधबार, चैत २३, २०७८१६:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी दुई राशिका व्यक्तिलाई शनिको साढे सती बिना पनि शनिको प्रभाव, आउनेछ अनेक समस्या !