मार्च महिनामा रिलिज हुँदैछन् यी सुपरस्टार्सका ४ फिल्म, मच्चिनेछ धमाका

एजेन्सी : यहीँ ४ मार्च शुक्रबारको दिन अमिताभ बच्चनको फिल्म ‘झुण्ड’ रिलिज हुँदैछ। यो फिल्ममा अमिताभ बच्चन प्रमुख भूमिकामा छन्।

११ मार्चमा दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘राधेश्याम’ रिलिज हुँदैछ। यो एक रोमान्टिक फिल्म हो। भारी लगानीको फिल्म भएको कारण पनि यसको क्रेज धेरै छ।

मार्च १७ होलीको शुभ अवसरमा अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’ रिलिज हुँदैछ। फिल्मको ट्रेलरले तहल्का मच्चाएको छ। ट्रेलर हेर्दा फिल्म निकै मसालेदार हुने अनुमान लगाउन सकिन्छ। फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने आशा गरिएको छ।

एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ यहीँ मार्च २५ मार्चमा रिलिज हुनेछ। फिल्म सफल हुनको लागि राजामौलीको नाम नै काफी छ। तर सवाल यो उठ्छ कि आरआरआरले बाहुबलीको ऐतिहासिक सफलतालाई उछिन्ला त ?

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१५:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता पल शाहलाई बयानको लागि नवलपरासिको गैँडाकोट लगियो !