अभिनेता पल शाहलाई बयानको लागि नवलपरासिको गैँडाकोट लगियो !

एक गायिकालाई बला-त्कार गरेको आरोप लागेर आइतबार देखि प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानको लागि नवलपरासिको गैँडाकोट लगिएको छ ।

अभिनेता पल शाह विरुद्ध गायिका समीक्षा अधिकारीले फागुन ११ गते तनहुँमा जब-र्जस्ति करणीको उजुरी दिएकी थिइन् । आफू विरुद्ध गायिकाको उजुरी परेसँगै अभिनेता पल शाहले फागुन १५ गते आइतबार तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए । फेरी गायिका समीक्षाले फागुन १५ गते आइतबार अभिनेता पल शाले आफूलाई सुटिंङको क्रममा नवलपरासिमा पुगेको समयमा जब-र्जस्ति करणी गरेको भन्दै उजुरी दर्ता गरेपछि अहिले अभिनेतालाई नवलपरासि लगिएको छ ।

गायिकाले पछि दिएको उजुरी अनुसार गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा वि सं २०७७ चैत ७ गते एक गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बला-:त्कृत भएको भन्दै गायिकाले उजुरी दिएकी छिन्।  फागुन ११ गते उजुरी परेपछि अभिनेता फरार थिए । फरार  रहेका अभिनेता पल शाह ४ दिनपछि फागुन १५ गते गते आइतबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

यस प्रकार छ अभिनेता पलले सार्वजनिक गरेको पोस्ट 

नमस्कार सबैमा
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउँछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद ।
प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१६:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुबाको काखमा बसेकी यी सानी बच्चीलाई सकेनन् कसैले चिन्न, अहिले उनको अभिनयमा छन् करोडौँ मानिस मोहित !