अभिनेता पल, समीक्षा केशमा अभिनेत्री रेखाको यस्तो प्रतिक्रिया !

अहिले गायिका समीक्षा अधिकारी र नायक पल शाहको केशमा धेरै कलाकारले आफ्नो धारणा राखेका छन् । केहीले अडिक रुपमा पलको समर्थ गरेका छन् भने केहीले गायिका समीक्षाको न्याएको लागि आवाज उठाई रहेका छन् । त्यस्तै केहीले एक अर्कोलाई दोषी देखाउनु भन्दा छिटो घटनाको यथार्थ बाहिर ल्याउन माग गरिरहेका छन् ।

त्यसतैमा अहिले अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेकी छिन् । अभिनेत्री रेखाले सार्वजनिक गरेको पोस्ट अहिलेको चलिरहेको केश नायक पल शाहला र गायिका समीक्षा अधिकारीको विषयमा आधारित जस्तै देखिन्छ । जसमा अभिनेत्रीले बालिकाको उमेर, उनीहरुले कानुनबाट प्राप्त गर्ने सुरक्षा र नेपाली समाजको चलनको बारेमा लेखेकी छिन् ।

यस प्रकार छ अभिनेत्री रेखाले सामाजिक सञ्जालमा सार्वजनिक  गरेको पोस्ट 

‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छ? कती पटक यौ:-न संपर्क भयो? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१०:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बो-ल्ड अवतार छोडेर शिव रुपी बनिन् अभिनेत्री वर्षा, तस्बिर भाइरल हुँदै !