ज्योतिष शास्त्रका अनुसार कुण्डलीमा भएको केही योगले मानिसको जीवन परिवर्तन गर्न ठुलो भूमिका हुने गर्दछ । कुण्डलीमा हुने केही योग यति शुभ हुन्छ की जसले जीवन नै परिवर्तन गर्दछ भने केही योगको कारणले जीवनभर नर्क बन्ने गर्छ । कुण्डलीमा हुने अशुभ योगले शुभको तुलनामा चाँडो प्रभाव पार्ने ज्योतिषीहरुको विश्वास छ । आउनुहोस् जान्नुहोस् कुण्डलीका केही शापित योगका बारेमा।
पितृ दोष
कुण्डलीमा सूर्य-राहु वा सूर्य-शनिको कारणले पितृदोषको निर्माण हुन्छ। जसको कुण्डलीमा यो दोष छ उसले पितृ तर्पण गर्नुपर्छ । यसबाहेक आश्विन महिनामा पितृ पक्षमा श्राद्ध गर्नुपर्छ।
मातृ दोष
जसको कुण्डलीमा चन्द्रमा पाँचौं स्थानमा हुन्छ र शनि-राहु र मंगल जस्ता क्रूर ग्रहको प्रभावमा परेको हुन्छ वा कुण्डलीको पाँचौं, नवौं स्थानमा गुरु एक्लै बसेको हुन्छ भने त्यो व्यक्तिमा सन्तान सुखमा विभिन्न बाधा उत्पन्न हुन्छ । यस्तो अवस्थामा चाँदीको भाँडोमा गाईको दूध भरेर ब्राह्मणलाई दान गर्नुपर्छ ।
प्रेत श्राप
यदि व्यक्तिको कुण्डलीमा पाँचौं घरमा शनि, सातौं घरमा सूर्य, कमजोर चन्द्रमा र लग्नमा राहुको साथसाथै कुण्डलीको १२औँ घरमा बृहस्पति ग्रह भएमा यस्तो अवस्थामा भूत श्राप बन्ने गर्छ । यही दोषका कारण सन्तान वृद्धिमा बाधा पुगेको छ । यो क्रम वर्षौंसम्म चलिरहन्छ ।