भोलि फागुन १५ गतेको राशिफल : आइतबार यी राशिले झेल्नेछन् आर्थिक समस्या, २ राशिका जातकले अपनाउनुहोस् सावधानी

फाल्गुन १५ गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –आइतबार(Sunday)।।। नक्षत्र – पूर्वाषाढा ७:३० बजेदेखि उत्तराषाढा , ३०:०१ बजे उप्रान्त धनिष्ठा ।।। तिथि – एकादशी ६:३५ बजेदेखि द्वादशी , २८:२३ बजे उप्रान्त चतुर्दशी ।।। करण – वालव ६:३५ बजेदेखि कौलव , १७:२७ बजे उप्रान्त भद्रा ।।। योग – व्यतीपात , १६:४१ बजे उप्रान्त वरियान् ।।। फागुन १५, २०७८, आइतवार।।। २७ फेब्रुअरी २०२२  ।।। एकादशी, फाल्गुण कृष्णपक्ष ।।। सिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६:३३ ।।। सूर्यास्त(sunrise) – १८:०२।।।  कार्यक्रमहरू : – राष्ट्रि्य मगर दिवस, बिजया एकादशी  ।।। 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

दिन त्यति राम्रो छैन । खर्च प्रशस्त बढ्ला । सोमबारदेखि मात्र केही राहत हुने सम्भावना छ । व्यापार-व्यवसायबाट हाल अति नै थोरै लाभ हुनेछ । स्वास्थ्यको स्थिति भने सुध्रिएर जाला । पारिवारिक समस्यामा कमी आउन सक्छ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सुरुमा रमाइला क्षणहरू आउनेछन् । इष्ट मित्रहरूसँग भेटघाट हुने र भोजभतेर हुने सम्भावना बढी छ । स्वास्थ्य भने त्यति राम्रो रहला जस्तो छैन । खर्चको मात्रा घट्ने देखिन्न । शैक्षिक गतिविधि राम्रै खालको हुनेछ । परिवारसँगसमेत कुरा त्यति मिल्ने छैन ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

बढी खर्च होला । खास ठोस काम केही पनि होला जस्तो छैन । बौद्धिक स्थिति कमजोर खालको छ । मुखबाट निक्लेका वाणीले धेरै मित्र चिढिन सक्छन् । त्यसैले कम मात्रै बोल्नुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

मध्यम खालको दिन छ । आधा काम बन्ला भने आधा बाँकी रहला तर साहस भने कत्ति पनि घट्ने छैन । नयाँ खालका मित्र थपिन सक्छन् । परिवारबाट राम्रै मद्दत मिल्ला । स्वास्थ्यको स्थिति नराम्रो देखिन्न । पढाइ लेखाइमा पनि प्रगति नै हुने सम्भावना छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दिन मध्यम खालको छन् । काम गर्ने जाँगर बढ्ला भने गरेका काम सफलसमेत हुनेछन् तर खर्चलाई घटाउन सकिने छैन । प्राविधिक काममा समय दिएमा निकै लाभ हुनेछ । बौद्धिक स्थिति भने हाल त्यति परिमार्जित छैन । विपक्षीको सङ्ख्या बढ्न सक्छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मनमा अलिअलि डर र शङ्का रहे पनि दिनलाई नराम्रो भन्न मिल्दैन । खर्च बढे पनि राम्रो काममा नै हुनाले मानसिक चिन्ता त्यति देखिन्न । पढाइको क्षेत्रमा क्रमिक रूपले सुधार हुँदै आउला । जागिरतिर पनि हाल नराम्रो स्थिति छैन । पीपलको सेवा गरिरहनुहोस् ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

त्यति राम्रो दिन होइन । अनेकौँ बाधा र उल्झनलाई सहनुपर्ला । आउँदा दिन मात्रै राम्रा खालका छन् । इष्टमित्र र परिवारको सहयोगले टेवा दिनेछ । पढाइतिर हाल झिनो प्रगति मात्र देखा पर्छ । जागिरबाट सन्तुष्टि पाउन अझैँ केही समय पर्खनुपर्ला ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन राम्रो खालको भए पनि आगामी समय त्यति राम्रो देखिन्न । परिश्रम बढी पर्ने र लाभ थोरै हुनाले मनमा चिन्ता पर्ला । हातले समातेको व्यापार व्यवसायबाट साह्रै थोरै मात्र आर्जन गर्न सक्नुहुनेछ । नारायण एवं गणेशको सेवा गरेमा केही प्रगति होला ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

त्यति नराम्रो खालको दिन छैन । अलिकति मात्रै परिश्रम बढाएमा काम बन्न सक्छन् । शिक्षाको क्षेत्रमा केही लगानी बढ्न जाला तर त्यसको प्रतिफल राम्रै खालको हुनेछ । मुद्दा मामिला र वादविवादमा तपाईंको जित हुने निश्चित देखिन्छ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

दिनमा अलिकति बाधा आए पनि त्यसलाई निराकरण गर्न सकिनेछ । आउँदा दिनहरू राम्रा खालका छन् । केही नयाँ काम हातमा पर्नुका साथै मनग्गै आर्थिक लाभसमेत हुनसक्छ । जागिरबाट थोरै र अरू व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सक्नुहुनेछ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

दिन त्यति राम्रो देखिन्न । निराशा नै बढी होला । मद्दत दिनेभन्दा रिस गर्नेहरू प्रशस्त छन् । बिस्तारै अलिकति सुधार हुनसक्छ । हाल ठूला ठूला काममा पैसाको लगानी गर्नु ठिक देखिन्न । सूर्यको नित्य दर्शन गर्नाले समस्या समाधान गर्न मद्दत मिल्नेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मध्यम खालको दिन छ । आधा काम बन्ला भने आधा बाँकी नै रहनेछ । बाधा दिनेहरू बढी र मद्दत दिनेको सङ्ख्या सीमित रहेकाले सानो सानो काम पूरा गर्न पनि समय लाग्नेछ । पढाइतिर सुधार होला र शैक्षिक गतिविधि तेजिलो खालको हुनेछ । गणेशको दर्शन गर्नुहोस् ।

प्रकाशित : शनिबार, फागुन १४, २०७८२२:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आगामी ७ दिन यी ४ राशिलाई अत्यन्तै शुभ हुने, मिल्नेछ अनेक सफलता!