पछिल्लो समयमा नेपालमा विदेशी चलचित्र तथा टिभी शोको लोकप्रियता बढ्दै गएको छ । त्यस्तै पछिल्लो समय भारतको चर्चित शो ‘नागिन’ नेपालमा पनि धेरै नै हेरिने शोमा परेको छ । अहिले टेलिभिजन देखि नेपालमा सामाजिक सञ्जालमा युट्युबमा पनि भारतीय टिभी शो नागिन प्राय: ट्रेन्डिङमा रहेको देख्न सकिन्छ ।
अहिले नेपालमा सामाजिक सञ्जाल युट्युबमा केही कमेडी शो ट्रेन्डिङमा रहेको देख्न सकिन्छ । अन्यथा प्राय: भारतको फिल्म तथा शो ट्रेन्डिङमा हुने गर्दछ । त्यस्तै केही सयमा पहिले देखि नेपालमा पनि सामाजिक सञ्जाल हरुमा भारतको चर्चित शो ‘नागिन’ ले प्रभुत्व जमाएको छ । पछिल्लो समय चर्चित शो नागिन नेपालको युट्युब ट्रेन्डिङमा हुने गर्दछ ।
अहिले पनि नागिन नेपालको युट्युब ट्रेन्डिङको ४,६ र ८ स्थानमा छ । केही समय यता बलिउड मात्र नभई दक्षिण भारतको चलचित्र समेत नेपालको युट्युब ट्रेन्डिङमा हुने गर्दछ । केही दिन पहिले गायक प्रमोद खरेलको नयाँ गीत युट्युब ट्रेन्डिङमा देखिएको थियो त्यसपछि त्यस भन्दा पहिले र पछि प्राय: सधैँ भारतीय शो र चलचित्रले युट्युब ट्रेन्डिङ कब्जा गरेको देखिन्छ ।