बलिउड स्टार सलमान-कट्रिना पहिलो पटक देखिए यस्तो स्वस्थमा, सलमानलाई लाग्यो चोट ?

सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को सुटिङ अहिले दिल्लीमा भइरहेको छ । यसैबीच फिल्मको सुटिंङ सेटबाट यी दुई स्टारका केही तस्वीर सार्वजनिक भएका छन् । तस्वीर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । भाइरल तस्वीरमा दुवै स्टाको हालत खराब देखिएको छ ।

‘टाइगर ३’ को सुटिंङ सेटबाट लीक भएको तस्वीरमा कट्रिना कैफ र सलमान खान दुवै घाइते अवस्थामा देखिएका छन् । दुवैको अनुहारमा धेरै चोट लागेको छ, सलमान खानको अनुहारबाट पनि रगत बगिरहेको देखिन्छ ।

सार्वजनिक तस्वीर ‘टाइगर ३’ को सेटको हो जहाँ कट्रिना र सलमान स्ट-न्ट गर्दै देखिएका थिए । यी तस्वीरहरुमा कट्रिनाले कम्ब्याट भेस्ट र जिन्स लगाएकी देखिन्छन् भने सलमान खान टी-सर्टसहित ट्राउजरमा देखिन्छन्। यी दुईलाई हेर्दा यो फिल्ममा पनि दर्शकले निकै एक्सन देख्न पाउने अनुमान लगाउन सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार फिल्म ‘टाइगर ३’ को अन्तिम आउटडोर शे-ड्युल दिल्लीमा पूरा हुनेछ । जसमा करिब १० देखि १२ दिनसम्म फिल्मको सुटिङ हुनेछ । समाचारका अनुसार बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को टर्की, रुस, अस्ट्रियालगायत धेरै देशमा छायांकन गरिएको छ ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि अभिनेत्री रेखा थापाको यस्ता तस्वीर सामाजिक सञ्जालमा भाइरल हुँदै, हेर्नुहोस् तस्वीर सहित!