विगत १ दशक देखि एकल जीवन बिताउँदै आएकी नायिका रेखा थापा केही दिन पहिले कानुनी रुपमा विवाह बन्धएकी छिन् ।
केही समय पहिले देखि नै अभिनेत्री रेखा थापालाई विवाहको प्रश्न निकै आउने गरेका थिए । पछिल्लो समयमा अभिनेत्रीले दिएका विभिन्न अन्तर्वार्तामा पनि देख्न सकिन्छ । तर अहिले अभिनेत्रीले ती प्रश्न गर्ने सबैको मुख बन्द गरिदिएकी छिन् । नेपाली फिल्म निर्माता छविराज ओझा सँगको सम्बन्ध विच्छेदपछि अभिनेत्री एकल जीवन बिताउँदै आएकी थिइन् ।
पछिल्लो समयमा अभिनेत्री अभिनय क्षेत्रमा खासै सक्रिय नभए पनि सामाजिक सञ्जालमा उनको बारेमा खबर आउन कम भएको छैन । त्यस्तै अभिनेत्रीले कानुनी रुपमा विवाह गरेको खबर अहिलेसम्म सामाजिक सञ्जालमा सेलाउन पाएको छैन ।
पछिल्लो समय अभिनेत्री कहिले राजनीतिक र कहिले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आउने गरेकी छिन् । त्यस्तैमा अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
तस्वीर स्रोत: रेखा थापा इन्स्टाग्राम