आफ्नो पहिरनले मानिसहरुलाई मोहित बनाउने अभिनेत्री उर्वशी रौतेला भर्खरै सिँढीमा उभिएर यस्तो पोज दिएकी छिन् कि फ्यानहरु तस्वीरबाट आफ्नी नजर हटाउन सकेका छैनन् । सार्वजनिक तस्वीरमा अभिनेत्रीले लेप-र्ड प्रिन्ट गाउन लगाएर देखिएकी छिन् । अभिनेत्री अभिनयको कारण जति चर्चामा हुन्छिन् त्यस भन्दा बढी सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण हुने गर्दछिन् ।
उर्वशी रौतेलाले पनि यो गाउनको साथमा फरक हेयर-स्टाइल बनाएकी छिन् साथै हल्का मेक-अप गरेकी छिन् । यस तस्वीरमा अभिनेत्रीले सिल्भर कलरको साडीसँग मिल्दोजुल्दो गहना लगाएकी थिइन् । साथै उर्वशीले ठूला चाँदीका चुरा, निधारमा टिका र हातमा औँठी लगाएर आफ्नो लुक पूरा गरेकी छिन् ।
पछिल्लो समयमा अभिनेत्रीले आफूलाई हरेक पोशाकमा आफूलाई फिट राख्ने गरेकी छिन् । अभिनेत्री साडीमा होस् यस देशी शैलीमा आफूलाई सधै फिट राख्ने गरेकी छिन् ।
उर्वशी रौतेलाले फिल्म ‘सिंह साहेब द ग्रेट’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यो फिल्ममा उनी सनी देओलको अपो-जिट देखिएकी थिइन्, जसमा उनको कामलाई निकै रुचाइएको थियो ।
यसबाहेक उनले ‘लभ डोज’, ‘लाल दुपट्टा’, ‘बिजली की तार’, ‘एक लडकी भीगी भागी सी’, डूब गए’ र ‘वो चाँद कहाँ से लगी’ जस्ता धेरै म्युजिक भिडियोहरू गरिसकेकी छिन्। उर्वशी रौतेला छिट्टै फिल्म ‘ब्ल्याक रोज’मा देखिने चर्चा छ ।