युपीका मुख्यमन्त्री योगीलाई केआरकेको खुल्ला चुनौती : १० मार्चमा योगीजी हारेनन् उठाउनेछन् यस्तो कदम

काठमाडौँ : दक्षिणी छिमेकी देश भारतमा अहिले चुनावी माहोल छ। भारतको उत्तरप्रदेशमा अहिले विधानसभा चुनाव चलिरहेको छ। विभिन्न पार्टीका कार्यकर्ता तथा नेताहरु आफ्नो पार्टीको व्यापक प्रचारप्रसारमा व्यस्त छन्। यसैबीच भारतीय फिल्म समिक्षक तथा अभिनेता कमाल राशिद खान(Kamaal Rashid Khan) ले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ(Yogi Adityanath) लाई सार्वजनिक रूपमा चुनौती दिएका छन्। यदि योगीले उत्तरप्रदेशबाट जित हासिल गरे भने उनी कहिल्यै भारत नफर्किने उनको भनाइ छ। यो विवादास्पद बयानपछि केआरके सधैँजस्तै मानिसको निशानामा परेका छन् र धेरै ट्रोल पनि भइरहेको छ।

आफ्नो ट्वीटमा मुख्यमन्त्री योगी आदित्यनाथलाई ट्याग गर्दै केआरकेले लेखेका छन् – ‘आज म वचन लिन्छु कि यदि १० मार्च २०२२ मा योगी जीको हार भएन भने म कहिल्यै भारत फर्कने छैन। जय बजरङ्ग बलि !’

यो ट्विट लगत्तै उनी ट्रोलर्सको निशानामा परेका छन्। एक प्रयोगकर्तालाई प्रतिक्रिया दिँदै लेखेका छन् – “हेर, थुकेर चाट्नु हुँदैन, आउने भनेको त योगी जी नै हो।”

एक अर्का प्रयोगकर्ताले लेखेका छन् – ‘फेरि भारत नआएकोमा धन्यवाद’

सन् २०१७ को निर्वाचनमा भाजपाले मुख्यमन्त्रीको सम्भावित उम्मेदवार घोषणा नगरिकन ४ सय ३ सदस्यीय उत्तर प्रदेश विधानसभामा ३ सयभन्दा बढी सीट प्राप्त गरेको थियो । भाजपाको चुनावी अभियानमा निर्णायक भूमिका निर्वाह गरेका आदित्यनाथले २६ मार्च २०१७ मा उत्तर प्रदेशको मुख्यमन्त्रीको कार्यभार सम्हालेका थिए । आदित्यनाथले सन् १९९८ मा पहिलो पटक गोरखपुरबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरी २६ वर्षकै उमेरमा १२औं लोकसभामा सबैभन्दा कान्छा सांसद बनेका थिए । उनी नगरको गोरखनाथ मन्दिरका मुख्य पुजारीसमेत हुन् । उनले आफ्नो धर्मपिता महन्त अवैदनाथको मृत्युपछि सेप्टेम्बर २०१४ मा यो जिम्मेवारी ग्रहण गरेका थिए ।

उत्तर प्रदेशका ४०३ वटा विधानसभा निर्वाचन क्षेत्रका लागि निर्वाचन फेब्रुअरी १० गतेदेखि सात चरणमा हुने निर्वाचन आयोगले बताएको छ । उत्तर प्रदेशको विधान सभाको निर्वाचन फेब्रुअरी १०, १४, २०, २३, २७ र मार्च ३ र ७ गते सात चरणमा हुनेछ । मतगणना मार्च १० बाट सुरू गरिनेछ ।

प्रकाशित : बिहिबार, फागुन ०५, २०७८१७:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सञ्चारमन्त्रि ज्ञानेन्द्र: अबको १० वर्षमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउनु पर्छ !