काठमाडौँ : संसारका हरेक व्यक्तिको व्यवहार र स्वभाव फरक-फरक हुन्छ। ज्योतिष शास्त्रका अनुसार व्यक्तिको स्वभावमा उसको राशिले प्रभावित पार्छ। जसरी राशि फरक-फरक तत्वका हुन्छन् र ती राशिका स्वामी ग्रह अलग-अलग हुन्छन्, त्यसैगरी प्रत्येक व्यक्तिमा फरक-फरक गुण र दोष हुन्छन्। आज हामी ४ यस्ता राशिका बारेमा बताउँछौँ, जो अत्यन्तै लजालु स्वभावका हुन्छन्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका मानिसहरुको स्वभाव अरुभन्दा बिल्कुलै फरक हुन्छ। यस राशिका मानिसहरु अत्यन्तै लजालु हुन्छन्। यस राशिका मानिसहरु आफ्नो गोपनीयता भङ्ग हुने डरले खासै धेरै बोल्दैनन्। यिनीहरु आफ्नो भावना खुलेर पोख्नुको सट्टा अरुको आवश्यकताहरू पूरा गर्न रुचाउँछन्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका मानिसहरुको हाल पनि कर्कट राशिका मानिसहरुको जस्तै हुन्छ। यस राशिका मानिसहरु आफ्नो कुराहरु अरुको अगाडी राख्न डराउँछन्। यिनीहरु स्वभावले डरछेरुवा हुँदैनन्, एकदमै साहसी हुन्छन् तर लाजको कारण यिनीहरुले खुलेर आफ्नो कुरा राख्न सक्दैनन्। यिनीहरुले आफ्नो मनको कुराहरु खासै खोल्दैनन्। यिनीहरुले दोस्रो व्यक्तिबारे राम्ररी नबुझी तिनलाई विश्वास गर्दैनन्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका जातकलाई अत्यन्तै संयमित र गम्भीर मानिन्छ, जसले गर्दा उनीहरुलाई थप लजालु बनाउँछ। मकर राशिका मानिसहरु बोल्न वा आफ्ना विचारहरू राख्न गर्न डराउँछन् भन्ने होइन, यिनीहरू सामान्यतया भन्न आवश्यक नभएको कुनै पनि कुरा बोल्न रुचाउँदैनन्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मीन राशिका मानिसहरु पनि स्वभावले लजालु हुन्छन्। उनीहरु अरुहरुका अगाडी खुल्न समय लाग्छ। नयाँ मानिसहरु अगाडी यिनीहरु आफू विश्वस्त नभएसम्म मनका कुराहरु खोल्दैनन्। यसका साथै कुनै पनि कुरा बोल्नु अघि धेरै गम्भीरतापूर्वक सोच्छन्। यसकारण यस राशिका जातक लजाजु र शान्त देखिन्छन्।