जिरा र धनियाले खानाको स्वाद मात्र बढाउँदैन, यसले मानिसको भाग्य बदल्छ । वास्तवमा धनिया र जीरामा धेरै औषधीय गुणहरू पनि पाउन सकिन्छ जसको कारण विभिन्न शारीरिक समस्याको समाधान हुने गर्दछ । ज्योतिषशास्त्रका अनुसार जिरा र धनियालप यी उपाय गर्नाले घरमा सुख, शान्ति र समृद्धि कायम रहन्छ ।
यसको साथै आर्थिक अवस्था पनि मजबुत हुने मान्यता रहेको छ । जिरा र धनियाको प्रयोगले व्यक्तिमा भएको नकारात्मक शक्ति र गरीबीबाट मुक्ति दिन्छ। धनिया र जीराको यसरी गर्नुहोस् प्रयोग जसले विभिन्न समस्याको समाधान गर्दछ ।
जिरा र धनियाको सरल उपाय
कुनै काम हुन नसकेको वा कसैलाई दिएको पैसा अड्किएको भए शुक्रबारको दिन कागजमा पैसा लिने व्यक्तिको नाम लेखेर सोही कागजमा अलिकति सुकेको धनिया हालेर पुरी बनाउनुहोस् । र यसलाई बगिरहेको पानीमा बगाउनुहोस् । यस कार्यले रोकिएको धन प्राप्त हुनेछ। यससँगै धन प्राप्तिको योग पनि बन्नेछ ।
शुक्रबारको दिन लक्ष्मीको मूर्तिको अगाडि रातो कपडामा एक मुट्ठी जीरा राखी त्यसमा चाँदीको सिक्का राख्नुपर्छ । यसपछि देवी लक्ष्मीको पूजासँगै त्यो सँगै राखिएको जिरा र चाँदीको सिक्काको पनि पूजा गर्नुहोस् । त्यसपछि यसलाई पैसा राख्ने ठाउँ वा सुरक्षित स्थानमा राख्नुहोस्। यसो गर्नाले माता लक्ष्मीको कृपा प्राप्त हुन्छ । यसका साथै घरका सदस्यको आर्थिक उन्नति पनि हुन्छ ।
यदि जति प्रयास गर्दा पनि धन कमाउन सक्नु भएको छैन र आर्थिक समस्या समाधान हुन् सकेको छैन भने यस्तो अवस्थामा धनिया को उपाय लाभदायक साबित हुन सक्छ। हरेक बुधबार गाईलाई हरियो धनिया खुवाउनुहोस् । धनियाको यो उपायले आर्थिक अवस्थामा सुधार हुनेछ ।
घरमा झगडा भएमा वा घरपरिवारमा आपसी कलह भएमा धनियाको यस उपाय लाभदायी साबित हुन्छ । घरको पूर्व दिशामा थोरै धनिया राख्नुहोस्। त्यसपछि त्यहाँ हनुमान चालिसाको पाठ गर्नुहोस्। यसो गर्नाले घरमा सुख-शान्ति रहन्छ। साथै परिवारका सदस्यहरू बीचको सम्बन्ध राम्रो हुन्छ ।