नेपाली चलचित्र ‘तिलहरी’ बाट फिल्म निर्देशको बाटो अँगालेका फिल्म निर्देशक रेशराज आचार्यको निधन भएको छ । उनको बुधबार राति निधन भएको हो । निर्देशको रेशराज परिवारमा श्रीमती र सन्तानमा एक छोरा छन् । अहिलेको अवस्थामा निर्देशक रेशराजको परिवार विदेशमा भएको हुँदा अन्तिम संस्कार निर्देशक रेशराज आचार्यको दाजुले गरेका छन् ।
काठमाडौंको कोटेश्वरमा बस्दै आएका आचार्यको स्वास्थ्यमा अचानक समस्या आएपछि राजधानीको ओम अस्पताल लागिएको थियो । अस्तपातलले बुधबार राति ८ बजे आचार्यलाई मृत घोषित गरेको थियो । निर्देशक करिब एक वर्ष देखि अस्वस्थ थिए ।
पछिल्लो समयमा आचार्यले निर्देशन गरेको अन्तिम फिल्म प्रीतिको फूल’ थियो । आचार्यले फिल्म मात्र नभई विभिन्न टेलि-सिरियल समेत निर्देशन गरेका थिए ।