महाशिवरात्रिमा पञ्चग्रही योग बन्दै, यस विधिले पूजा गर्नाले मिल्नेछ मनले चाहेको मनोकामना !

महाशिवरात्रिलाई हिन्दु धर्ममा महान चाडको रुपमा लिने गरिन्छ । भगवान शिवलाई समर्पित यो पर्व यस वर्षको फागुन १७ गते मंगलबार परेको छ। यस दिन भगवान शिव र माता पार्वतीको विवाह विधि पनि गरिन्छ साथै रुद्राभिषेक गरिन्छ । यस दिन भगवान शिवको पूजा गर्नाले हरेक मनोकामना पूरा हुने मान्यता रहेको छ । यस वर्षको महाशिवरात्रि विशेष भएकोले यस दिन पञ्चग्रही योग बनिरहेको छ ।

ज्योतिष शास्त्रका अनुसार महाशिवरात्रिमा घनिष्ठ नक्षत्रमा परिध योग बनेको छ । धनुष्टपछि शतभिषा नक्षत्र रहनेछ। यस बाहेक परिध योग र शिवयोग पनि हुनेछ । यी योगहरू शत्रुमाथि विजय प्राप्त गर्नको लागि धेरै महत्त्वपूर्ण छन्। यसबाहेक यी नक्षत्रहरूमा भगवान शिवको पूजा गर्दा धेरै गुणा बढी फल मिल्छ।

यसका साथै मकर राशिमा पञ्चग्रही योग पनि बनिरहेको छ । महाशिवरात्रिको दिन मंगल, शनि, बुध, शुक्र र चन्द्रमा मकर राशिमा रहनेछन् । सूर्य र बृहस्पतिको संयोग कुम्भ राशिमा बन्नेछ। राहु वृष राशिमा रहनेछ भने केतु दशम भावमा वृश्चिकमा रहनेछ । यो ग्रहहरूको दुर्लभ स्थिति हो र यो योग धेरै लाभदायक हुन्छ ।

अभिजित मुहूर्त फागुन १७ गते दिउसो १२:०१ देखि १२:४४ बजेसम्म रहनेछ। यसपछि दिउँसो २ः२३ देखि ३:११ सम्म विजय मुहूर्त हुनेछ । गोधूलि मुहूर्त बेलुकी ६:०३ देखि ६:२७ सम्म रहनेछ। अभिजित र विजय मुहूर्तलाई पूजा वा शुभ कार्यका लागि उत्तम मानिन्छ।

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८१५:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुण्डलीमा ‘मङ्गल दोष’ छ भने मङ्गलबार गर्नुस् यी मन्त्रको जप, हट्नेछन् सम्पूर्ण समस्याहरू