काठमाडौँ : मङ्गलबारको दिन हनुमानजीको पूजा गर्ने विधान छ। यस दिन साँचो श्रद्धाले बजरंगबलीको ध्यान गर्नाले भगवानको आशिर्वाद प्राप्त हुन्छ। हनुमानजीलाई शक्ति, बुद्धि र विद्याको दाता भनिन्छ। हनुमान जीको नाम जप गर्दा भक्तका सबै बिग्रिएका कामहरु बन्ने लोकमान्यता छ। हनुमानजी धेरै नामले चिनिन्छन्। हनुमान जीलाई सङ्कटमोचक पनि भनिन्छ।
मंगलबार हनुमानजीसँगै मंगल ग्रहको पनि पूजा गरिन्छ। कुण्डलीमा माङ्गलिक भएमा विवाहमा ढिलाइ हुने ज्योतिषीहरुको भनाइ छ। मङ्गल ग्रहको माङ्गलिक प्रभावबाट बच्नको लागि मङ्गलबारको दिन यी मन्त्र जप गर्नाले मङ्गलदोषबाट मुक्ति मिल्छ।
यो मन्त्रको जप गर्दा जीवनमा सुख, समृद्धि र शान्ति प्राप्त हुने धार्मिक विश्वास छ। आर्थिक बाधाबाट छुटकारा पाउन नियमित स्नान-ध्यान गरेपछि कम्तीमा ११ पटक जप गर्नुपर्छ । यसले आर्थिक अवस्था सुधार गर्छ।
ॐ हं हनुमंते रुद्रात्मकाय हुं फट्
पूजाको समयमा यो मन्त्रको नियमित जप गर्नाले हनुमान जी छिट्टै प्रसन्न हुन्छन्। हनुमानजीको पूजा गर्नु अघि यो मन्त्रको जप गर्नुहोस्।
अन्य उपाय
• मङ्गलबारको दिन नियमित रुपमा पूजा गरे हनुमानजीबाट शुभ फल प्राप्त हुन्छ। • मङ्गलबारको दिन मन्दिर जानुहोला र हनुमानजीलाई प्रसाद दिनुहोस्। • नियमित रुपमा हनुमान जीको ध्यान गर्दै हनुमान चालिसा पाठ गर्नुहोस्। • मङ्गलबारको दिन सुन्दर काण्डसहित रामचरितमानस पाठ गर्नुहोस्।