काठमाडौँ : फेब्रुअरी २३ तारिख देखि फेब्रुअरी २७ तारिखसम्म ४ ठुला ग्रहहरुले चाल परिवर्तन गर्दैछन्। सबैभन्दा पहिले फेब्रुअरी २३ तारिखमा गुरु अस्त हुँदैछ। त्यसपछि २६ फेब्रुअरीमा मङ्गल मकर राशिमा प्रवेश गर्नेछ। भोलिपल्ट यस राशिमा शुक्र पनि आउने छ र चतुर्ग्रही योग बन्नेछ जुन मार्च ६ सम्म रहनेछ। फेब्रुअरी २७ मा मकर राशिमा शनिको उदय हुनेछ। ज्योतिषीहरुका अनुसार ग्रहहरुको आकस्मिक चाल परिवर्तनले सबै राशिका जातकहरुमा माथि प्रभाव पर्छ।
फेब्रुअरी २३ तारिखमा बृहस्पति कुम्भ राशिमा अस्त हुनेछ र २७ मार्चसम्म यहीँ अवस्थामा रहनेछ। गुरुको चाल परिवर्तन हुनासाथ मौसममा ठूलो परिवर्तन आउनेछ । कतिपय ठाउँमा दुर्घटना हुन् सक्छन्। विशेष व्यक्तिको मृत्युको सम्भावना बढ्नेछ। मेष, मिथुन, सिंह, तुला र मकर राशिका लागि बृहस्पतिको अस्त शुभ रहनेछ। जबकि वृष, कर्कट, कन्या, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिहरुले अलि सावधानी अपनाउनुपर्ने देखिन्छ।
ग्रहहरुको सेनापति मङ्गल आफ्नो उच्च राशिमा विराजमान रहनेछ। ज्योतिषीहरुका अनुसार मकर राशिमा मंगलको गोचरले तनाव सिर्जना गर्नेछ । विवाद र झगडा बढ्नेछ। जागिर र व्यापारको दृष्टिकोणले पनि समय अनुकूल छैन। स्वास्थ्यमा समस्या देखिनेछ। सिंह, वृश्चिक र मीन राशिका लागि यो गोचर शुभ रहनेछ। जबकि मेष, वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशिका व्यक्तिहरुलाई अलिकति सावधानी अपनाउन सल्लाह दिईन्छ।
फेब्रुअरी २७ तारिखमा सूर्यको पुत्र शनि मकर राशिमा उदाउनेछ। शनिको उदयका कारण धन हानि हुने ज्योतिषीहरुको अनुमान छ। रोगको जोखिम बढ्नेछ। मूल्य वृद्दि हुन् सक्छ। दुर्घटनामा परी चोटपटक लाग्ने सम्भावना बढी छ। सिंह, वृश्चिक र मीन राशिका लागि शनिको उदय शुभ रहनेछ। मेष, वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशिले सावधानी अपनाउनुहोला ।
शुक्र ग्रह २७ फेब्रुअरीमा ५९ दिनपछि राशि बदलेर मकर राशिमा प्रवेश गर्नेछ। यद्यपि शुक्रको यो गोचर शुभ साबित हुनेछ। सीप विकासको क्षेत्रमा तपाईले परिवर्तन गर्नुहुनेछ। जागिर-व्यवसायमा लाभको अवसर पाउनुहुनेछ। प्रेम जीवनमा सुधार आउनेछ। मेष, कर्कट र सिंह राशिका जातकका लागि शुक्रको यो गोचर शुभ रहनेछ। जबकि वृष, मिथुन, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिलाई यसबाट हानि हुन् सक्छ।