‘कुरूप’ पतिबाट जन्मिने सन्तान पनि ‘कुरुप’ हुने डरले ‘ह्यान्सम एक्स’ मार्फत् जन्माइन् ४ सन्तान

एजेन्सी : यो संसार विचित्रको छ, यहाँ दैनिकजसो अनौठा घटनाहरु घटिरहन्छन्। हालै एउटा खबरले सर्वत्र चर्चा पाएको छ, जुन सुन्दा अपत्यारिलो लाग्ला तर वास्तव यो साँचो घटना हो। यो घटना खासमा  अफ्रिकी मुलुक घानाको हो । जहाँका एक महिलाले सबै कुराहरुमा कुनै खोट लगाउन नसकिने तर बाहिरी आवरणमा ‘कुरूप’ आफ्नो श्रीमानबाट जन्मिने आफ्ना सन्तान पनि ‘कुरुप’ हुने डरले आफ्नो आकर्षक एवं सुन्दर भूतपूर्वप्रेमीबाट चार सन्तान जन्माईन्।

अफ्रिकी सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका खबर अनुसार घानाकी एक महिलाले हेर्दा खासै राम्रो नदेखिने तर एक सफल, मेहनती र असाध्यै माया गर्ने व्यक्तिसँग विवाह गरेकी थिईन्। महिलाले आफूले सुन्दरता निर्धारण गरेको सुन्दरताको मापदण्डमा खरो नउत्रिएका उनका श्रीमानको रुपले उनलाई  खासै समस्या पारेको थिएन्। तर अचानक सन्तानको योजना बन्दा उनलाई पर्नु पीर पर्यो किनकी उनलाई श्रीमानको सबैकुरा मनपर्थ्यो तर श्रीमानजस्तै कुरुप बच्चाहरु जन्माउने जोखिम उनी मोल्न चाहन्नथिन्। यहीँ कारणले उनले श्रीमानसँग सम्बन्ध राखेपछि गर्भनिरोधक चक्कीहरु लिन थालिन्। लामो समयसम्म पनि गर्भ नबसेपछि दम्पत्ति क्लिनिक गए र दुवैजना स्वस्थ रहेको पाएँ, जुन महिलालाई पहिल्यै थाहा थियो। त्यसैले उनले आफ्नो श्रीमानलाई शङ्का गर्ने ठाउँ नदिन कुटिल एवं चतुर योजना बनाईन्।

एक नाम नखुलाईएको महिलाले घानाको राजधानी आक्राकेन्द्रित हिट्स एफएम स्टेसनलाई एउटा पत्रमा आफ्नो शैतानी योजनाको विस्तृत खुलासा गरेकी हुन् र उनले उचित सल्लाह समेत मागेकी छिन्। उनले पत्रमा लेखेअनुसार राम्रा बच्चाहरु जन्माउन र आफ्नो पतिलाई पनि खुशी बनाउन उनले आफ्नो आकर्षक पूर्वप्रेमीलाई सम्पर्क गर्ने निर्णय गरिन्। उनका पूर्वप्रेमी पनि विवाहित नै थिए तर उनको विगत थाहाको उनलाई विवाहेत्तर सम्बन्धको लागि मनाउन गाह्रो भएन।

अनावश्यक ड्रामाबाट जोगिन उनले आफ्नो पूर्वप्रेमीलाई सधैँ  गर्भनिरोधक औषधी सेवन गरेको बताउने गर्थिन्, तर वास्तवमा उनी गर्भवती नै हुन् चाहन्थिन्। त्यसपछि उनी आफ्नो पतिसँग सुत्थिन् ताकि पतिले सोचून् कि उनले नै आफूलाई गर्भवती बनाएका हुन्। यसरी उनलाई मात्र थाहा हुन्छ कि उनका सुन्दर सन्तानका पिता को हुन् भनेर।

महिलाको योजनाले गतिलै ढङ्गले काम गरिरहेको थियो। उनले तीन राम्रा सन्तानलाई जन्म दिईसकेकी छिन र हाल चौथो बच्चा जन्माउने तयारीमा छिन्। दुर्भाग्यवश, हालसालै उनका पतिले अमेरिकीको भिजा लोट्टरी प्राप्त गरेपछि स्थिति अलि जटिल बन्यो। अमेरिकी भिजा प्रक्रियामा आवेदकले आफ्ना सन्तानको डिएनए टेस्ट गराउनुपर्नेहुन्छ, जसले गर्दा बच्चाहरु वास्तवमा आफ्ना होइनन् भनेर खुल्छ।

महिलाले रेडियो शोकी प्रस्तोतालाई यस्तो स्थितिलाई सम्हाल्ने सबैभन्दा उत्तम उपाय के हो भन्दै सल्लाह मागेकी छिन। साथै उनले आफ्नो पतिलाई अहिले साँचो बताउँ कि टेस्टको नतिजा नआउञ्जेल पर्खने भनेर सुझाव पनि मागेकी छिन्।

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८१३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा ३ कतिवटा छन् ? आफूलाई स्मार्ट ठान्नेको पनि छुट्छ पसिना !