जीवनमा राम्रो र नराम्रो दुवै समय आउँछन्। त्यसैले यी दुवै समयको सामना गर्नको लागि सधैँ तयार रहनु पर्दछ । हरेक मानिसले नराम्रो समयबाट बच्न चाहे पनि उसले कुनै न कुनै बेला त्यसको सामना गर्नुपर्ने हुन्छ। तर नराम्रो समयपछि अवश्य पनि राम्रो र खुसीको समय पनि आउँछ। यसले सुख, समृद्धि, प्रगति, सफलता, सम्बन्धमा सुधार ल्याउँछ। ज्योतिष शास्त्र अनुसार जब मानव जीवनमा शुभ आउनु भन्दा पहिले मिल्छ यस्ता संकेत।
पहिलो संकेत: अचानक कालो कमिलाहरु तपाईको घरमा आउँछन् र एक घेरा बनाएर बस्ने छन् जस्तै खाना खान बसेको जस्तै गरेर यस्तो संकेत देखिएमा सम्झनुहोस् तपाईको घरमा लक्ष्मीको आवागमन हुन्दै छ ।
यदि तपाइको घरमा कुनै चराले आएर गुड लगाउँ छ भने यसलाई शुभ संकेतको रुपमा लिन सकिन्छ कि अब चाडै नै तपाईको घरमा लक्ष्मीको आगमन हुँदै छ ।
यदि तपाईको दाहिने हत्केला लगातार चीलाएको छ भने सम्झनुहोस् यो पनि पैसा प्राप्तको शुभ संकेत हो।
धार्मिक मान्यता अनुसार भनिएको छ कि बिहान उठ्ने बित्तिकै शंखको आवाज सुनिन्छ र यदि यसै गरी साँझमा पनि सुनिन्छ, भने यो महालक्ष्मीको आगमनको संकेत हो।
यदि तपाई घार बाहिर जाँदै हुनुहुन्छ र कतै उखु देख्नु भयो भने यो धन प्राप्तिको संकेत हो ।
यदि तपाईको घर बाहिर आएर लाटो कसेरो बस्छ भने संझनुहोस् कि तपाईको घारमा छिट्टै लक्ष्मीको आगमन हुँदै छ ।
यदि तपाई घरबाट कतै बाहिर जाँदै हुनुहुन्छ भने बाटोमा कुकुरले मुखमा कुनै साहाकारी चिज लिएर हिँडेको देख्नु भएको छ भने यो तपाईको लागि शुभ संकेत हुनेछ ।
घरमा रहेको तुलसीको बोट अचानक हरियो भयो भने बुझ्नुहोस् तपाईको शुभ दिन सुरु हुन लागेको छ ।
यदि तपाईको घरको अगाडि गाईको गोबर गर्छ वा हिँड्दा-हिँड्दै एक्कासि रोकियो भने त्यसलाई रोटी वा चामल-मकैको पीठो खुवाउनुहोस् । गाईको यो संकेत धेरै शुभ मानिन्छ र यसले धन प्राप्तिको संकेत गर्दछ ।