काठमाडौँ : वैदिक ज्योतिषमा कुनै ग्रह अस्ताउँदा त्यसको प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। प्रत्येक राशिको आफ्नै स्वामी ग्रह हुन्छ। यहीं शनिबार फागुन ७ गते(१९ फेब्रुअरी सन् २०२२) देवगुरु बृहस्पति शनिको स्वराशि कुम्भमा अस्ताउँदैछ। अर्थात् बृहस्पति ग्रहको प्रभाव यस समयावधिमा कम हुनेछ ।
वैदिक ज्योतिषमा बृहस्पति ग्रहलाई विस्तार, भाग्य, ज्ञान र सुख-सम्पदा आदिको कारक मानिन्छ। ज्योतिषाचार्यका अनुसार व्यक्तिको कुण्डलीमा गुरु ग्रहको स्थिति बलियो हुँदा व्यक्तिलाई शुभ फल प्राप्त हुन्छ।
गुरु ग्रह अस्तको समय – फाल्गुन ७ गते(फेब्रुअरी १९) शनिबार देवगुरु बृहस्पति बिहान ११:०० बजे कुम्भ राशिमा अस्त हुनेछन्। आउँदो चैत्र ६ गते(२० मार्च सन् २०२२) बिहान ९ बजेर २० मिनेटमा यहीँ राशिमा सामान्य अवस्थामा फर्किनेछ। जान्नुहोस्, गुरु अस्तले कुन राशिमा नकारात्मक प्रभाव पार्नेछ : –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका मानिसहरुका लागि गुरु अस्त खासै शुभ हुने छैन। यस समयावधिमा तपाईले कार्यस्थलमा समस्याको सामना गर्नु पर्नेछ। खर्च बढ्न सक्छ। जीवनसाथीसँग मनमुटाव हुन् सक्छ। मानसिक तनावको सिकार हुन सक्छ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका मानिसहरुको यो अवधिमा मनोकामनाहरु अधुरै रहन सक्छ। जागिर परिवर्तन गर्ने विचार आउन सक्छ। यस समयावधिमा तपाईको व्यापारमा मन्दी आउन सक्छ। जीवनसाथीसँग मनमुटाव हुन् सक्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका मानिसहरुले करियरमा कठिनाईको सामना गर्नुपर्ने हुन् सक्छ। यो समयमा तपाईको बन्दै गरेको काम बिग्रन सक्छ। आर्थिक सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ। पारिवारिक समस्याका कारण मानसिक तनाव आउन सक्छ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका लागि बृहस्पति ग्रहको अस्तले शुभ संकेत दिइरहेको छैन। यो समयावधिमा तपाईले आफ्नो कामहरुमा सफलता प्राप्त गर्न कडा मेहनत गर्नुपर्ने देखिन्छ। आर्थिक समस्याको सामना गर्नुपर्नेछ। जीवनसाथीसँग विवाद हुनसक्छ। आफ्नो खानपानमा ख्याल गर्नुहोस्।