हरेक केटा-केटी आफ्नो जीवनसाथीको बारेमा धेरै सपना देख्छन् र आफूले चाहे जस्तो जीवनसाथी पाउन चाहन्छन्। तर कतिपय समय प्रेमसाथी पाएपछि पनि विवाह भने हुन सक्दैन। चाहे त्यो परिवार, समाज, जातीय, सामाजिक आर्थिक हैसियत वा अन्य कुनै कारण होस्। तर केही यस्ता मानिस पनि हुन्छन् जो आफ्नो माया पाउन हर हद पार गर्न सक्छन्। यस्ता मानिसहरु प्रायः प्रेम विवाह गर्छन्। ज्योतिषशास्त्रका अनुसार ४ राशिका मानिसमा आफ्नो पार्टनरप्रति निस्वार्थ प्रेम र समर्पण देखिन्छ।
मिथुन राशि
मिथुन राशिका मानिसहरु प्रेममा अचम्मका हुन्छन्। यी मानिस कसैसँग सम्बन्धमा छन् भने पूर्ण समर्पण साथ सम्बन्ध निभाउछन्। यति मात्र होइन, यदि उनीहरु आफ्नो माया पाउनको लागि सीमा नाघेर जान पनि सक्छन् भने आफ्नो माया जोगाउन पार्टनरसँग जस्तोसुकै किसिमको सम्झौता गर्न पनि तयार हुन्छन्।
कर्कट राशि
कर्कट राशि भएका व्यक्तिहरू आफ्नो पार्टनरप्रति धेरै इमानदार र समर्पित हुन्छन्। तिनीहरू आफ्नो पार्टनरलाई धेरै माया गर्छन् र हेरचाह गर्छन्। सबै त्याग गरेर आफ्नो सम्बन्ध कायम राख्छन्।
कन्या राशि
कन्या राशिका व्यक्तिहरूले आफ्नो मनको कुरा कसैलाई बताउन सक्दैनन्। तर जब तिनीहरूले आफ्नो मन कसैलाई दिन्छन्, तिनीहरू आफ्नो पार्टनरलाई सबै कुरा मान्छन्। माया पाउन जुनसुकै हदसम्म जान्छन्।
कुम्भ राशि
कुम्भ राशिका मानिस धेरै भावुक हुन्छन् तर यसका साथै जिद्दी पनि हुन्छन्। तिनीहरू आफ्नै तरिकाले जीवन बिताउँछन्, तर जब उनीहरूको प्रेम साथीको कुरा आउँछ, तिनीहरू सबै प्रकारका सम्झौता गर्न तयार हुन्छन्।