यी ५ राशिका लागि आज भ्यालेन्टाइन अत्यन्तै शुभ हुने, कुन-कुन ?

आज १४ फेब्रुअरी ३ राशिमा २-२ ग्रह अवस्थित रहेका छन् । आज पुनर्वासु नक्षत्र रहने र आयुष्मान योग पनि बनिरहेको छ । कुल मिलाएर हेर्दा आजको प्रेम दिवसमा ग्रहहरूको स्थिति यस्तो छ, जुन ५ राशिका व्यक्तिका लागि निकै शुभ रहेको छ । आज जान्नुहोस् ती ५ भाग्यशाली राशिहरु कुन-हुन हुन् ?

वृष राशि

अशुभ ग्रह राहुले सन् २०२२ फेब्रुअरी १४ मा वृष राशिमा राशि परिवर्तन गर्दैछन् र वृष राशिको स्वामी शुक्र हो। ज्योतिष शास्त्रका अनुसार शुक्र र राहु अनुकूल ग्रह भएकाले यो स्थितिले शुभ फल दिनेछ । यस कारणले यस दिनले वृष राशिका लागि धेरै खुशी ल्याउनेछ। पेशा–व्यवसायमा लाभ हुनेछ । मान-सम्मान मिल्नेछ । प्रेमी–प्रेमिकासँगको सम्बन्ध सुमधुर रहनेछ ।

वृश्चिक राशि

वृश्चिक राशिमा केतुको उपस्थितिले यस राशिलाई लाभ मिल्नेछ । नजिकको व्यक्तिले तपाईको खुशीलाई दोब्बर बनाउनेछ। कार्यस्थलमा अघि बढ्न नयाँ अवसर मिल्नेछ । यस राशिका नव विवाहित व्यक्तिहरूले आफ्नो जीवनसाथीबाट केही शुभ समाचार पाउन सक्छन्।

धनु राशि

आज शुक्र र मंगलको संयोग धनु राशिमा बनेको छ । ज्योतिष शास्त्रमा शुक्रलाई प्रेम, रोमान्स, विलासी जीवनको कारक मानिन्छ भने मंगललाई ऊर्जाको कारक मानिन्छ। यो स्थितिले यस राशिका व्यक्तिहरूलाई प्रेम र व्यापार दुबैमा लाभ मिल्ने भएको छ । प्रेमीको सहयोगले दिन अविस्मरणीय बन्नेछ । व्यापार व्यावसायमा मनग्य लाभ हुनसक्छ । करियरमा भएको सुधारले दीर्घकालीन फाइदा दिनेछ।

मकर राशि

सन २०२२ फेब्रुअरी १४ मा शनि र बुधको संयोग मकर राशिमा भएको छ । यो अवस्थामा मकर राशिको लागि घरायसी कामदेखि कार्यस्थलमा शुभ फल दिनेछ। इच्छित स्थानमा स्थानान्तरण गर्न सकिन्छ। कुनै पनि काममा सफलता मिल्नेछ । प्रेम साथीसँग दिन शुभ हुनेछ ।

कुम्भ राशि

देवताको गुरु बृहस्पति र सूर्य ग्रह अहिलेको अवस्थामा कुम्भ राशिमा विराजमान छन्। बृहस्पति शुभ ग्रह हो जसले व्यक्तिको भाग्य बढाउँछ। जसको कारण यस राशिका व्यक्तिले मान-सम्मान प्राप्त गर्नेछन्। काममा सफलता मिल्नेछ।

 

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१२:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रेममा जस्तो परिस्थितिसँग पनि लड्न तयार हुन्छन् यी ४ राशिका मानिस, अन्तत: प्रेमलाई विवाहमा परिणत गर्छन् !