प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्द महाअभियोगको प्रस्ताव दर्ता

आइतबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्द महाअभियोगको प्रस्ताव दर्ता भएको छ। सत्तारुढ कांग्रेस, नेकपा ‘एकीकृत समाजवादी’ र माओवादीका नेता गरी ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइताबार बिहान महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सचेतक देव गुरुङ र एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ महाभियोगको प्रस्तावकमा रहेका छन् । यस भन्दा पहिले देखि नै न्यायाधीशहरूले नै प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका थिए ।

सबैतिरबाट राजनीमाको माग हुँदै आए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राजीनामा नदिने बरु महाअभियोगको सामना गर्न तयार भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर आफ्नो प्रतिक्रिया दिँदै आएका थिए ।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

युपीका मुख्यमन्त्री योगीलाई केआरकेको खुल्ला चुनौती : १० मार्चमा योगीजी हारेनन् उठाउनेछन् यस्तो कदम