एजेन्सी : स्टाइलिश स्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा : द राइज’ ले चारैतिर तहल्का मच्चाइरहेको छ। अभिनेता आफैँ पनि आफ्नो फिल्मको सफलताको खुब मज्जा लुटिरहेका छन्। संसारभरका फ्यान्सले उनको पुष्पा स्टाइललाई अत्यधिक मन पराएका छन्। तर यसैबीच अल्लू अर्जुनको ‘पुष्पा’ स्टाइलको विज्ञापन हेरेर फ्यान्स भड्किएका छन्। फ्यान्सले अल्लू अर्जुनमाथि नकारात्मक शब्दको वाण प्रहार गरेका छन्।
साउथ एक्टर अल्लू अर्जुनको ब्लकबस्टर फिल्म ‘पुष्पा : द राइज’ ले अहिले उनी स्वदेश-विदेशभरका चर्चित अनुहार बनेका छन्। करौडौं फ्यान्स अल्लू अर्जुनका दीवाना छन्। अल्लुको प्रसिद्धि र लोकप्रियता यो फिल्मबाट झन् उचाईमा पुगेको छ। साउथका फेम अल्लू अर्जुन अहिले भारतको नेशनल स्टार बनेका छन्। उनको यो फिल्मले हिन्दीमा राम्रो व्यापार गरेको छ। अहिले उनका फ्यान्सले उनको खेदो खनेका छन्। कारण हो हालै रिलिज भएको उनको नयाँ विज्ञापन।
अल्लु अर्जुन विज्ञापनका कारण सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेका छन् । यति मात्र होइन, उनले र विज्ञापन कम्पनीले माफी माग्नुपर्ने माग पनि भईरहेको छ। खासमा अल्लू अर्जुनले पुष्पा स्टाइलमा एउटा विज्ञापनमा काम गरेका थिए, जुन देखेर फ्यान्स भड्किए। केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अभिनेता र जोमाटोले साउथ सिनेमाको अपमान गरेको आरोप लगाएका छन् ।
अल्लू अर्जुन हालै फूड डेलिभरी एप जोमाटोको विज्ञापनमा देखा परेका हुन्। उनको विज्ञापन हेरेर केही फ्यान्स भड्किएका छन् र उनलाई आफ्नो धरातल नभुल्न भनेका छन्।
एकातिर केहीलाई उनको विज्ञापन मन परेको छ भने कतिपयले अल्लु अर्जुनलाई साउथ सिनेमाको ट्रोल गरेको आरोप लगाएका छन्। एक युजरले लेखेका छन् – ‘नर्थ इन्डियामा एउटा फिल्म चलेपछि साउथ सिनेमाको ट्रोल गर्न लाग्यौ हैन। आफ्नो औकात कसैले बिर्सनु हुँदैन।’