साराले तस्बिर खिचाउन आएकी महिलालाई स्वीमिङ पूलमा धकेलिन्, निथ्रुक्क भिजेर हालत खराब भयो महिलाको

एजेन्सी : हँसिली-रसिली-फरासिली स्वभावकी सारा अलि खान आफ्नो मजाकिलो बानीव्यहोराको कारण बेला-बेलामा चर्चामा आउँछिन्। सामाजिक सञ्जालमा सारा अलि खानका तस्बिर तथा भिडियोहरु छाइरहन्छन्। यसैबीच सामाजिक सञ्जालमा सारा अलि खानको एउटा भिडियो भाइरल भईरहेको छ। यो भिडियो हेरेपछि तपाईले यो थाहा पाउनुहुनेछ कि हेर्दा सोझी देखिने सारा कति शैतानी रहिछिन् भनेर।

हालै साराले यो भिडियो इन्स्टाग्राम स्टोरीमार्फत आफ्ना फ्यानसँग सेयर गरेकी हुन्, जुन अहिले निकै भाइरल भईरहेको छ। भिडियोमा साराले आफ्नै टिकको एक महिलासँग मजाक गरिरहेकी छिन्। महिला सारासँग तस्बिर खिचाउन आउँछिन् र अचानक साराको दिमागमा खुरापाती आइडिया आउँछ। र उनले महिलालाई स्वीमिङ पूलमा धकेल्छिन्।

साराको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। साराको यो मजाकलाई कतिपयले मन पराएका छैनन् भने धेरैजसोले मजाकलाई मजाकको रुपमा लिन आग्रह गरेका छन्। केहीले पनि महिलाको ज्यान नै खतरामा पर्न सक्ने भन्दै साराको झाँको झारेका छन्।

पूरा भिडियो यहाँ हेर्नुहोस् : – 

 

View this post on Instagram

 

A post shared by Filmfare (@filmfare)

प्रकाशित : बिहिबार, माघ २७, २०७८१९:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडको सबैभन्दा स्टाइलिश अभिनेत्री हुन् नोरा फतेही, ६ तस्बिरहरुले वाउ भन्न बाध्य पार्नेछ तपाईलाई